१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार १७:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

आगामी निर्वाचनसम्म गठबन्धन कायम रहन्छ : अध्यक्ष नेपाल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १७:१७:oo

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन प्रदेश सभा र प्रतिनिधिसभा चुनावसम्म कायम रहने बताएका छन् । अध्यक्ष नेपालले आगामी मंसिरमा प्रदेश सभा र प्रतिनिधिसभा चुनाव हुने भन्दै त्यतिवेलासम्म सत्तारुढ गठबन्धनलाई कायमै राखेर अघि बढ्न आफ्नो पार्टीले चाहेको बताएका हुन् । 

पार्टीको विद्यार्थी विशेष जिल्ला कमिटीले  बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सत्तारुढ गठबन्धनलाई भत्काउने प्रयत्नहरू भइरहे पनि त्यसको पछि नलाग्न पार्टीको सिंगो पंक्तिलाई आह्वानसमेत गरे । ‘अब यो गठबन्धनको भविष्य छैन भन्ने अनेकौँ कुप्रचारको पछाडि हामी लाग्नुहुँदैन । हामी यो गठबन्धनलाई आउने चुनावसम्म, चुनावपश्चातको अवस्थासम्म लिएर जान चाहन्छौँ,’ अध्यक्ष नेपालले भने ।

गठबन्धनभित्र कमजोरी भए आलोचना गर्ने तर गठबन्धनलाई भने निरन्तरता दिएरै जानेमा उनको जोड थियो । ‘हामीलाई एक्ल्याउन खोजिएको छ भने त्यसको आलोचना गर्छौंं । आफ्नो अडानमा दृढताका साथ उभिन्छौँ। हामी अडानमा नउभिने, अरूले पेल्यो भनेर रुने यस्तो काम गर्नुहुँदैन। त्यसले हाम्रो कमजोरी झल्किन्छ,’ उनले भने, ‘तथ्यको आधारमा, तर्कको आधारमा आफ्नो कुरालाई पुष्टि गर्न सक्नुपर्दछ ।’

अध्यक्ष नेपालले गठबन्धन गरेर स्थानीय तह निर्वाचनमा जाँदा आफूहरूले पोखरा महानगरपालिका र हेटौँडा उपमहानगरपालिकाको मेयरमा शानदार ढंगले सफलता हासिल गरेको पनि बताए। उनले पार्टीबाट फिर्ता बोलाइएका मन्त्रीहरूको अभिव्यक्तिलाई लिएर आलोचना नगर्न पनि पार्टी पंक्तिलाई सचेत गराए। पार्टीबाट फिर्ता बोलाइएका मन्त्रीहरूले सकेसम्म राम्रो काम गरेकाले उनीहरूलाई दोष लगाउन राम्रो नहुने उनको भनाइ थियो ।  

अध्यक्ष नेपालले वडा तहसम्म पुगेर प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनको तयारीमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशनसमेत दिएका छन् । 

ad
ad