१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०७९ जेठ २३ सोमबार ०६:३१:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

देवघाटमा महिला लघुवित्तको वित्तीय साक्षरता

Read Time : < 1 मिनेट
२०७९ जेठ २३ सोमबार ०६:३१:००

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको देवघाट शाखाले कार्यालयअन्तर्गतको केन्द्र प्रमुखको कार्यशाला गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।  ६५ जना केन्द्र प्रमुखहरू सहभागी रहेको गोष्ठीमा केन्द्र प्रमुखका काम, कर्तव्य, अधिकार, केन्द्रको दायित्व, सामूहिक जिम्मेवारीजस्ता विषयमा महिला लघुवित्तका देवघाट शाखाका प्रमुख रविन दाहालले जानकारी गराएका थिए ।

उनले संस्थाको नयाँ सेवा–सुविधा एवं कर्जा तथा बचतका प्रकारहरूबारे समेत जानकारी गराए । बजारमा लघुवित्त वित्तीय संस्थाहरू धेरै भएको अवस्थामा रोजेर, छानेर र होसियार भएर मात्र सदस्य बन्न एवं बनाउन केन्द्र प्रमुखहरूसँग उनले आग्रह गरेका थिए ।  

उपस्थित केन्द्र प्रमुखहरूलाई बैंक तथा वित्तीय संस्थाहरूले दिने सेवा–सुविधा, कर्जा सदुपयोगिताको महत्व, सदस्यता दोहोरोपनाले पार्ने असर तथा लघुवित्त वित्तीय संस्थाहरूले समाजमा पारेको सकारात्मक तथा नकारात्मक असरहरू, कृषिमा वित्तीय संस्थाको लक्ष्य, बचतको महत्वलगायत विषयमा वित्तीय संस्थाका अनुगमन तथा निरीक्षण विभागीय प्रमुख बुद्धिसागर न्यौपानेले जानकारी दिएका थिए । 

महिला लघुवित्तले देवघाटमा मात्र एक हजारभन्दा बढी सदस्यलाई प्रत्यक्ष रूपमा वित्तीय सेवा पुर्‍याइरहेको छ । संस्थाले ३३ वटा जिल्लाको ७० वटा शाखामार्फत करिब ७० हजार घरधुरीलाई प्रत्यक्ष रूपमा वित्तीय सेवा पुर्‍याइरहेको जनाएको छ ।