१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक २२ सोमबार ०८:४१:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

२४ लघुवित्तले गरे लाभांश घोषणा महिला लघुवित्तको सबैभन्दा बढी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक २२ सोमबार ०८:४१:००

देशमा सञ्चालनमा रहेका ५६ लघु वित्तमध्ये हालसम्म २४ लघुवित्तले आव ०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेका छन् । घोषणा भएकामध्ये महिला लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी लभांश घोषणा गरेको छ । महिला लघुवित्तले सेयरधनीलाई चुक्ता पुँजीको ४५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसमेतका लागि ५ प्रतिशत नगद कुल ५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । माहुली लघुवित्तले २६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । आरएसडिसी लघुवित्तले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश गरी कुल १० दशमलव ५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

स्वाभिमान लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट चुक्ता पुँजीको ३२ दशमलव ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ दशमलव ७० प्रतिशत नगद गरी कुल ३४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । त्यस्तै, ग्लोबल आइएमई लघुवित्तले सेयरधनीलाई चुक्ता पुँजीको २८ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ ।स्वावलम्बन लघुवित्तले चुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । सबैको लघुवित्तले चुक्ता पुँजीको ३१ दशमलव ०५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ दशमलव ६३ प्रतिशत नगद गरी कुल ३२ दशमलव ६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

स्वरोजगार लघुवित्त वित्तीय संस्थाले चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । डिप्रोक्स लघुवित्तले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ दशमलव ०५३ प्रतिशत नगद गरी कुल २१ दशमलव ०५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । आशा लघुवित्त वित्तीय संस्थाले २५ प्रतिशत बोनस सेयर र १ दशमलव ३१ प्रतिशत नगद गरी कुल २६ दशमलव ३१ प्रतिशत लाभांश घोषणा गरेको छ । त्यस्तै, लक्ष्मी लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत बोनस सेयर र ७ दशमलव ३६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । 

सिभिल लघुवित्तले पनि अघिल्लो आर्थिक वर्षको मुनाफाबाट १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । एनआइसी एसिया लघुवित्तले पनि आफ्ना सेयरधनीलाई २८ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।साधना लघुवित्त वित्तीय संस्थाले अघिल्लो वर्षको मुनाफाबाट २५ प्रतिशत बोनस सेयर र १ दशमलव ३२ प्रतिशत नगद लाभांश दिने भएको छ । नेरुडे लघुवित्त वित्तीय संस्थाले पनि आघिल्लो आर्थिक वर्षको मुनाफाबाट २१ दशमलव ४८ प्रतिशत बोनस सेयर र १ दशमलव १३ प्रतिशत नगद लाभांश दिने भएको छ । समता लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत मुनाफा दिने भएको छ । 

गणपति लघुवित्त वित्तीय संस्थाले १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । उन्नति लघुवित्त वित्तीय संस्थाले ३२ प्रतिशत बोनस सेयर दिने भएको छ । सपोर्ट लघुवित्त वित्तीय संस्थाले ३१ प्रतिशत बोनस सेयर र १ दशमलव ५७ प्रतिशत नगद  लाभांश दिने भएको छ ।