निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ श्रावण २९ आइतबार
  • Sunday, 14 August, 2022
चलचित्र \'सर्वजित\'को शुभ मुहुर्त गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा ।
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ २१ शनिबार १५:५१:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

चलचित्र 'सर्वजित' निर्माणमा पाँच महिनाको तलब सहयोग गर्ने मन्त्री आलेको घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ २१ शनिबार १५:५१:००

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले चलचित्र ‘सर्वजित’ निर्माणका लागि आफ्नो पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन्। प्रधानमन्त्रीनिवास बालुवाटारमा आयोजित चलचित्रको शुभमुहूर्त कार्यक्रममा उनले यस्तो घोषणा गरेका हुन् ।

चलचित्रको आज बालुवाटारबाट प्रधानमन्त्री शेरबहादुर देउवाले शुभमुहूर्त गरेका थिए। दिनेश डिसीले निर्देशन गर्न लागेका सो चलचित्र दलित आन्दोलनका अगुवा भगत सर्वजित विश्वकर्माको जीवनमा आधारित हुने बताइएको छ।

आज जातीय भेदभाव तथा छुवाछुतउन्मूलन दिवसका अवसरमा उक्त चलचित्रको शुभमुहूर्त गरिएको हो । उक्त चलचित्र निर्माणका लागि एक करोड २५ लाख रुपैयाँ लागत अनुमान गरिएको छ। रासस