मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ जेठ २० शुक्रबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ २० शुक्रबार १७:४३:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

सगरमाथा आरोही ओलम्पियन सब्रिनालाई राखेप सदस्य सचिव घिसिङको बधाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ २० शुक्रबार १७:४३:oo

विश्वको अग्लो शिखर सगरमाथाको सफल आरोहण गरेकी जुडोकी अन्तर्राष्ट्रिय ओलम्पियन डा. सब्रिना फिल्जमोसरलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले बधाई दिएका छन्।

राखेपका सदस्य–सचिव घिसिङले त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा अस्ट्रियाकी सब्रिनालाई भेट गर्दै सफल आरोहण गरेकोमा बधाई दिएका हुन्। सो अवसरमा सदस्य सचिव घिसिङले चुनौतीपूर्ण कार्य खेलाडीबाट पनि हुन सक्छ भन्ने उदाहरण भएको बताए।

सब्रिनाले गत मे १६ मा सगरमाथाको सफल आरोहण गरेकी हुन्। सदस्य–सचिव घिसिङले सब्रिना र उनको भ्रमण दलमा रहेका अन्तर्राष्ट्रिय जुडो महासंघ (आइजेएफ)का मिडिया डाइरेक्टर निकोलसलाई मायाको चिनो प्रदान गरे। सब्रिना पनि आइजेएफको कमिटीमा आबद्ध छन्। सब्रिनाले आफ्नो यात्राका बारेमा सदस्य–सचिव घिसिङलाई जानकारी गराएकी छिन्।