१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नवीन गुरुङ संखुवासभा
२o८१ बैशाख १९ बुधबार १९:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

संखुवासभामा बिरामीको निःशुल्क उपचार गर्दै डा.गोविन्द केसी

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १९:२६:oo

पूर्वी पहाडी जिल्ला संखुवासभाको सदरमुकाम खाँदबारीमा रहेको जिल्ला अस्पतालमा अर्थोपेडिक सर्जन डाक्टर गोविन्द केसीले सेवा दिइरहेका छन् । दुर्गम क्षेत्रका नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिन अर्थोपेडिक सर्जन डाक्टर केसी आइतबार संखुवासभा आइपुगेका हुन् । उनले जिल्ला अस्पताल खाँदबारीमा सोमबारदेखि बिहीबारसम्म चार दिन निःशुल्क सेवा रूपमा सेवा दिने जनाइएको छ ।

मेडिकल शिक्षाको विकृति अन्त्यका लागि भन्दै डा. केसी पटक–पटक अनशन बसेका थिए । दुर्गम क्षेत्रका नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिन केसी जिल्ला दौडाहामा छन् । डा. केसी प्रदेश नम्बर १ का खोटाङ, भोजपुरमा सेवा दिँदै संखुवासभा आइपुगेका हुन् । प्रदेश १ का विभिन्न पहाडी जिल्लामा हाडजोर्नीको निःशुल्क उपचार सेवा दिँदै आएको केसीले बताए ।
    
डाक्टर केसी खाँदबारीमा उपचार गर्न आएको थाहा पाएपछि हाडजोर्नी तथा नसा रोगका बिरामीको भिड लागेको जिल्ला अस्पतालका निमित्त प्रमुख डा. पंकज गुप्ताले बताए । अस्पतालमा उपचारमा खटिएका केसीलाई भेट्न र उपचार गराउन संखुवासभा र भोजपुरका उत्तरी क्षेत्रका बिरामी आएका छन् । 

ad
ad