१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार o७:५५:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेप्सेसँगै कारोबार रकम पनि घट्यो, लगानीकर्तामा निराशा बढ्दो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o७:५५:oo

बुधबार सेयर बजार परिसूचक नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । नेप्से परिसूचक सात दशमलव १९ अंकले घटेर दुई हजार एक सय तीस दशमलव ७३ बिन्दुमा आइपुगेको छ । त्यस्तै, ‘क’ वर्ग कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इन्डेक्स एक दशमलव १६ अंकले घटेर चार सय १४ दशमलव ४७ बिन्दुमा आइपुगेको छ ।

लगानीकर्ता बजारमा आइरहेको उत्तारचढावले सेयर होल्ड गर्न थालेका छन् । लगानीकर्ता ‘पर्ख र हेर’को नीति अपनाउँदा त्यसको असर कारोबार रकममा पर्न गएको एक ब्रोकरले बताए । अघिल्लो दिन मंगलबारको तुलनामा २३ करोड रुपैयाँले कारोबार रकममा गिरावट आएको छ । सामान्य घटेको बजारमा एकसय एक कम्पनीको सेयर मूल्य बढेका छन् भने ८४ वटा कम्पनीको सेयर मूल्य घटेका छन् ।

धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २७ कम्पनीको ३० लाख २० हजार कित्ता सेयर खरिद–बिक्री हुँदा एक अर्ब सात करोड रुपैयाँको कारोबार भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन डिस्टिलरी, शिखर इन्स्योरेन्स, एनआइसी एसिया बैंक र अरुण काबेली पावरको सेयर दुई करोड ८८ लाख रुपैयाँदेखि १२ करोड १३ लाख रपैयाँको कारोबार भएको छ । 

कारोबारमा आएका १३ वटा समूहको सूचकमध्ये जलविद्युत् समूह, विकास बैंक समूह र फाइनान्स समूहको सूचक सामान्यले बढेका छन् । ट्रेडिङ समूह, निर्जीवन बिमा समूह र जीवन बिमा समूहको सूचक एक प्रतिशतभन्दा बढीले घटेका छन् । अन्य समूहको सूचक सामान्य घटेका छन् ।शिखर इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंक, गुराँश लघुवित्त वित्तीय संस्था, लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल), मानुषी लघुवित्त वित्तीय संस्था र एनआइसी एसिया ग्रोथ फन्डको सेयर मूल्य चार प्रतिशतदेखि सात दशमलव २५ प्रतिशतले घट्न पुगेका छन् । घटेको बजारमा पनि मैलुङ खोला जलविद्युत् कम्पनीको सेयर मूल्य भने १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । त्यस्तै, बलेफी हाइड्रोपावर कम्पनीको नौ दशमलव ९४ प्रतिशतले बढेको छ भने नारायणी डेभलपमेन्ट बैंक, उपकार लघुवित्त वित्तीय संस्थाको सेयर चार प्रतिशतभन्दा बढीले बढेका छन् ।

ad
ad