१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १६:५७:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सिपी गजुरेलको आरोप– धाँधली गरेर चुनाव जित्न सरकारले कर्मचारीको तलब बढायो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १६:५७:oo

देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलले चुनावमा धाँधली गरेर जित्नका लागि सरकारले कर्मचारीहरूको तलब १५ प्रतिशत वृद्धि गरेको आरोप लगाएका छन् । सरकारले चुनाव जिताउन १५ प्रतिशत तलब वृद्धि गरेर कर्मचारीहरूलाई ‘घुस’ दिएको उनको आरोप छ ।

पेट्रोलियम पदार्थसहित दैनिक उपभोग्य वस्तुमा गरिएको मूल्यवृद्धिको विरोधमा बुधबार काठमाडौंको माइतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनमा उनले चुनाव जित्नका लागि जनतालाई खुसी बनाउने गरी सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको दाबी गरे ।

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)का वरिष्ठ नेतासमेत रहेका गजुरेलले चुनाव जित्नका लागि जनतालाई जसरी पनि खुसी पार्नुपर्ने भएकाले सरकारले सोहीअनुसार नै बजेट ल्याएको जिकिर गरे । उनले भने, ‘अर्थमन्त्रीले बजेट पेस गरेका छन् । र, यो विषयमा अहिले बहस चलिरहेको छ । धेरै पार्टीले यसलाई के भनेका छन भने– चुनावमा जनतालाई भ्रममा पार्नका लागि ल्याइएको यो एउटा दस्ताबेज हो । किनभने शेरबहादुर देउवा अर्को चुनाव चाँडै गर्ने पक्षमा छन्, कात्तिक मसान्तसम्म चुनाव गरिसक्ने । किनभने गठबन्धन अहिलेसम्म कायम छ । फेरि प्रचण्ड ओलीतिर जान्छु भन्न थालेकाले न ओलीतिर जाने हो कि ? गइहाले भने चुनाव जितिँदैन । सरकारमा आउन सकिँदैन । त्यसकारण अब ढिलो गर्नुहुँदैन । चाँडै चुनाव गराउनुपर्छ भनेर देउवा लागेका छन् । अहिले १५ प्रतिशत कर्मचारीको तलब वृद्धि पनि चुनाव जित्नकै लागि हो । चुनाव जित्नका लागि कर्मचारीलाई एक प्रकारको घुस दिइएको हो ।’

उनले प्रधानमन्त्री शेरबहादुर देउवा आगामी कात्तिक मसान्तभित्र संघ र प्रदेशको पनि चुनाव सम्पन्न गरिसक्ने पक्षमा रहेको पनि बताए । गजुरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संघ र प्रदेशको चुनावमा एमाले अध्यक्ष केपी ओलीसँग सहकार्य गरेर जाने हो कि भन्ने डरले पनि प्रधानमन्त्री देउवा कात्तिकमै निर्वाचन गराउने दाबी गरे ।

ad
ad