१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ १७ मंगलबार १९:३९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भारतीय सहयोगमा पर्वतमा कम्प्युटर भवन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ १७ मंगलबार १९:३९:००

भारत सरकारको अनुदान सहायतामा पर्वतको कुस्मा नगरपालिका–१०, पिपलटारमा अवस्थित श्री पूर्णेश्वर माध्यमिक विद्यालयको कम्प्युटर भवन उद्घाटन भएको छ । भारतीय राजदूतावासका प्रथम सचिव करुण वंशलले कुस्मामा भवन उद्घाटन गरेका छन् । 

सामुदायिक विकास परियोजनाका रूपमा शिक्षा क्षेत्रमा भारत–नेपाल विकास सहकार्यअन्तर्गत १ करोड ७५ लाख नेपाली रुपैयाँको लागतमा भवन निर्माण भएको हो । यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको आजादीका अमृत महोत्सवअन्तर्गतको हो । 

पूर्णेश्वर माध्यमिक विद्यालय पर्वत जिल्लाकै पुरानो विद्यालय हो । विद्यालयमा २५० भन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन् जसमध्ये करिब ६० प्रतिशत छात्रा रहेका छन् ।

कम्प्युटर प्रविधिका लागि निर्माण गरिएको यस नयाँ पूर्वाधारले गुणस्तरिय शिक्षाको खोजीमा रहेका विद्यार्थीहरूका लागि सुविधा प्रदान विश्वास भारतीय राजदूतावासले गरेको छ । 

भारतीय दूतावासका अनुसार सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाइसकेको छ । नेपालका सबै सातै प्रदेशका तल्लो तहमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाइ र अन्य सार्वजनिक संरचनाको निर्माणका क्षेत्रमा ४७० वटा परियोजनाहरूको निर्माण सम्पन्न गरिसकेको छ । यसमध्ये पर्वत जिल्लाका दुई परियोजनासहित ५७ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू गण्डकी प्रदेशमा रहेका छन् । 

‘दुई देशका जनताबीचको निकटताले भारत र नेपालबीच रहेको बहुपक्षीय एवम् बहुक्षेत्रीय विकास साझेदारीलाई प्रतिबिम्बित गरेको छ,’ भारतीय दूतावासले भनेको छ ।