१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o८:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

बजेट कार्यान्वयनमा चुनौती छ : नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:o६:oo

बजेटको समीक्षा

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट कार्यान्वयनमा समस्या देखिन सक्ने बताएका छन् । सिंहदरबारमा सोमबार बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेपालले आर्थिक वर्षको बजेटमा धेरै राम्रा कुरा आए पनि कार्यान्वयनमा समस्या आउन सक्ने बताए । उनले विगतदेखि देखिँदै आएको कार्यान्वयनको समस्यालाई ध्यान दिएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

‘योजनाहरू बडो राम्रा देखिन्छन् । तर, कार्यान्वयनको पक्ष फितलो छ । अब योजनाको पाटोमा कुरा गर्दा हाम्रो संरचनाले त्यसलाई साथ दिन्छ कि दिँदैन ? संरचनाहरू चुस्त, दुरुस्त छन् कि छैनन् ?’ नेपालले भने, ‘लेखिएको कुरा मात्रै कागजमा सीमित हुने हो कि व्यवहारमा लागू हुने हो भन्ने पक्षमा हाम्रो बढ्ता चिन्ता छ । कार्यान्वयन नै अहिलेसम्म एउटा महत्वपूर्ण समस्याको रूपमा रहेको छ ।’ बैठकमा अध्यक्ष नेपालले बजेट राम्रोसँग अध्ययन गरेर संसद्मा प्रस्तुत हुन सांसदहरूलाई निर्देशन दिएको प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिए । 

नेता झलनाथ खनालले बजेटको कमीकमजोरीलाई हटाएर अझ समृद्ध बनाएर लागू गर्नुपर्नेमा जोड दिए । ‘बैठकमा हामीले बजेटको बारेमा छलफल गर्‍यौँ । कतिपय राम्रा कुराहरू आएका छन् । तर, हामी समाजवादको लक्ष्यतर्फ जाने हिसाबले अझै कैयौँ कुरामा कमीकमजोरी पनि छन् । ती कमीकमजोरीलाई हटाएर यो बजेटलाई अझै समृद्ध बनाएर लागू गर्‍यो भने राम्रो हुन्छ भन्ने निष्कर्ष निकालेका छौँ,’ खनालले भने ।

ad
ad