१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार १२:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

दुबईमा नेपालीले २५ करोडमा खोलेको क्लबमा कन्सर्ट गर्दै मंगोलियन हार्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १२:५४:oo

केही समयअघि मात्रै अस्ट्रेलिया, दक्षिण कोरिया र पोखरामा आफ्नो प्रस्तुतिमार्फत माहोल तताएको चर्चित ब्यान्ड ‘मंगोलियन हार्ट’ले अब युएइको दुबईमा बृहत् कन्सर्ट गर्ने भएको छ।

युएईस्थित बरदुबईमा करिब २५ करोडको लगानीमा नेपालीले खोलेको नाइट क्लबको उद्घाटनको अवसरमा मंगोलियन हार्टले कन्सर्ट गर्ने भएको हो।

ब्यान्डका म्यानेजर एवं गितारिस्ट बबि लामाका अनुसार क्लब एस के सेभेनको बृहत् उद्घाटनको अवसरमा आगामी शनिबार मे ४ तारिखका दिन प्रस्तुति दिने तय भएको हो। ‘संसारभर नेपालीहरूले विभिन्न माध्यमबाट नेपाली संगीतको प्रवर्द्धन गरिरहेका छन्। बरदुबईमा नेपाली साथीकै लगानीमा ठूलो क्लब खोलिँदा त्यहाँ नेपाली संगीत पनि बज्ने हो। सुरुवात हामीबाटै हुँदै छ,’ म्यानेजर लामाले भने। उक्त क्लबका लगानीकर्ता काठमाडौंका सरोज विष्ट हुन्, जो १३ वर्षदेखि दुबईमा व्यवसाय गर्दै आइरहेका छन्।

गायक राजु लामा ‘फ्रन्ट म्यान’ रहेको यो ब्यान्डले कार्यक्रममा आफ्ना लोकप्रिय पुराना गीतहरू प्रस्तुत गर्ने तयारी छ। युएईमा पछिल्लो एक वर्षमा मंगोलियन हार्टको यो तेस्राे कन्सर्ट हो। युएईमा दर्शकहरूको माग बढी भएका कारण तेस्राेपटक कन्सर्ट भएको हो।

ad
ad