१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o९:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अहिलेको बजेटसँग सन्तुष्ट छु- मेयर दाहाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:५८:oo

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले अहिलेको बजेट भाषण व्यावहारिक र जनपक्षीय भएको बताएकी छिन् । जनताको भावना र अहिलेको आवश्यकताअनुसारको बजेट आएको छ ।

उनले भनिन्,  ‘बजेट एकपक्षीय छैन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटनलगायतका सबै क्षेत्रमा बजेट आएको छ । बजेटमा भरतपुर महानगरपालिका भनेर त किटान गरिएको छैन, तर त्यहाँभित्रका विषयवस्तुहरू जे छन् ती चिजभित्र भरतपुर महानगरपालिका पनि छ । मैले बजेटको तयारीको क्रममा पनि महानगरपालिकाबाट बजेटको समन्वय गरेकी थिएँ, सोअनुसार क्रिकेट रंगशाला अघि बढ्ने कुरा, नारायणी तटबन्ध, सिँचाइ, खानेपानी, ढल व्यवस्थापनका कुरा बजेटमा छ ।’

शिक्षण अस्पताल, चितवनको शक्तिखोरको औद्याेगिक क्षेत्र, भरतपुरमा पर्ने औद्याेगिक ग्रामलाई बजेटले समेटेको र भरतपुर विमानस्थलको विषयमा नीतिमा राखिए पनि बजेटमा छुटेको उनले बताइन् । तर, यो विषयमा पछि छलफल हुने उनको भनाइ छ । 
 

ad
ad