१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ १५ आइतबार १९:४०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गरिब देशको वृद्धभत्ता ग्रहण गरेर जनतामाथि बोझ थोपर्न चाहन्नँ : बाबुराम भट्टराई (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ १५ आइतबार १९:४०:००

पूर्वप्रधानमन्त्री एवं जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले वृद्धभत्ता नलिने घोषणा गरेका छन् । संसद् भवनमा पत्रकारहरूसँग कुरा गर्दै भट्टराईले वृद्धभत्ताको उमेर घटाउन जरुरी नभएको पनि बताएका छन् ।

उनले भने, ‘मैले पनि ६८ वर्ष पार गरेकाले मैले पनि वृद्धभत्ता पाउने भएँ । म यो गरिब देशको वृद्धभत्ता ग्रहण गरेर जनतामाथि बोझ थोपर्न चाहन्नँ । त्यो म नलिने घोषणा गर्दछु ।’

एकीकृत सामाजिक सुरक्षा कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ छ । 

वैज्ञानिक भूमिसुधारको कार्यक्रम आउनुपर्नेमा उनले जोड दिए । व्यापार घाटा घटाउन देशभित्रको पुँजी परिचालन र वैदेशिक लगानी आकर्षित गर्नुपर्ने उनको भनाइ छ ।