१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
प्रतिकात्मक तस्बिर
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार १३:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बलात्कार पीडितलाई न्याय दिलाउन महिला गैरसरकारी संस्था महासंघको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १३:५९:oo

आफूमाथि भएको यौन शोषणबारे सामाजिक सञ्जालमार्फत एक युवतीले सार्वजनिक गरेको भिडियोप्रति ध्यानाकर्षण भएको बताउँदै महिला गैरसरकारी संस्था महासंघले पीडितका लागि न्यायको माग गरेको छ । 

महिलामाथिको हिंसा, हत्या, बलात्कार, शोषण, अन्याय, अत्याचारलगायतका विरुद्ध पटक–पटक आवाज उठाउँदा पनि दिनानुदिन यस्ता घटना बढिरहेकोप्रति महासंघले विज्ञप्ति जारी गर्दै न्यायको माग गरेको हो । सन् २०१४ मा एउटा सौन्दर्य प्रतियोगितामा भाग लिन पुगेकी युवतीमाथि भएको पटक–पटकको बलात्कारको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै संस्थाले शुक्रबार विज्ञप्ति जारी गरेको छ । 

पीडितले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भिडियोमा कार्यक्रमका आयोजक ४० वर्षीय मनोज पाण्डेले होटेल एभरेस्टमा कार्यक्रम छ भनी बोलाएर नियतवश औषधि मिसाइएको कागतीपानी सेवन गराई बेहोस भएपछि बलात्कार गरी भिडियो बनाएको र सोही भिडियो सार्वजनिक गरिदिने धम्की दिँदै पटक–पटक बलात्कार गरेको बताइएको छ । त्यतिवेला आफू १६ वर्षको मात्र भएको र घटनापछि आफू डिप्रेसनमा गएका कारण तुरुन्त त्यसलाई सार्वजनिक गर्न नसकेको पीडित युवतीले बताएकी छिन् । 

युवतीले आफू डिप्रेसनबाट मुक्त हुन र न्यायका लागि सिंगो नागरिक समाज, राज्य, सरकार तथा आमनेपालीसमक्ष भिडियो सार्वजनिक गरेको बताएकी छिन् । सोही विषयमा महिलाहरूले नेतृत्व गरेको गैरसरकारी संस्थाहरूको छाता संघ महिला गैरसरकारी संस्था महासंघले पनि न्यायको माग गर्दै पीडकलाई हदैसम्मको कारबाहीको माग गरेको छ । 
 

ad
ad