१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ६ शुक्रबार
  • Monday, 30 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ ६ शुक्रबार १६:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मतदान केन्द्रबाट मतपेटिका लुटेर भाग्न खोज्ने व्यक्ति पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ ६ शुक्रबार १६:o६:oo

रौतहटको यमुनामाई– २ स्थित श्री मावि भेडियाहीमा अवस्थित मतदान केन्द्रबाट मतपेटिका खोसेर फरार भएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। यमुनामाई– २ का ४६ वर्षीय चन्देश्वर बैठालाई घरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

पक्राउ परेका बैठा वैशाख ३० गते स्थानीय तह निर्वाचनको मतदानका क्रममा हुलसहित मतदान केन्द्रमा प्रवेश गरेका थिए। मतपेटिका लुटेर भाग्दै गर्दा प्रहरीले गोली फायर गरेपछि मतपेटिका छाडेर भागेका थिए। आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा उनी बिहीबार पक्राउ परेका हुन्।

बैठालाई निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम कानुनी कारबाहीका लागि जिल्ला अदालत रौतहटबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।