१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o७:o४:oo
Read Time : > 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

दाङको दंगीशरणमा कांग्रेस विजयी- एमालेले पालिका गुमायो, वडा थप्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:o४:oo

दाङको दंगीशरण गाउँपालिकामा कांग्रेसले विजयी हाँसिल गरेको छ । अध्यक्षमा कांग्रेसका शम्भु गिरी र उपाध्यक्षमा पीमा कुमारी खड्काले विजयी हाँसिल गरेका हुन् । गिरीले पाँच हजार सात सय ६७ मत प्राप्त गरेका छन्, भने उनका निकटतम प्रतिद्वन्दी एमालेका मेघनाथ शाहले चार हजार ४९ मत प्राप्त गरेका थिए । उनीहरुबीचको मतान्तर एक हजार ६ सय १८ हो ।

त्यस्तै उपाध्यक्षमा खड्काले चार हजार सात सय ७९ मत प्राप्त गरेकी छिन्, भने उनका निकटतम प्रतिद्वन्दी एमालेका बुधनी चौधरीले चार हजार तीन सय ११ मत प्राप्त गरेकी थिइन । उनीहरुबीचको मतान्तर चार सय ६८ हो । खड्का यसअघि पनि गाउँपालिकाको उपाध्यक्ष जित्न सफल भएकी थिइन् । अध्यक्षमा भने एमालेका भागीराम चौधरीले जितेका थिए ।   दंगीशरणमा १८ हजार एक सय ६ जना मतदाता रहेकोमा १० हजार ८७ मत खसेको थियो ।  

वडामा माओवादीलाई क्षति 
दाङको दंगीशरण गाउँपालिकाका वडामा माओवादीले क्षति व्यहोरेको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा ३ वटा वडा जितेको माओवादीले अहिले एउटा वडा पनि जित्न सकेन । वडा नं. ५,६ र ७ नम्बर वडा जितेको माओवादीले अहिले ति वडाहरु गुमाउन पुग्यो । ५ मा दीपक गौतम र ७ मा विरबहादुर वली दोहोरिन खोजेपनि चुनाब हारे । ५ नम्बर वडा एमालेले जित्यो भने, ६ र ७ नम्बर वडा कांग्रेसले आफ्नो हातमा लिन सफल भयो ।  

त्यस्तै एमालेले अघिल्लो चुनाबमा दंगीशरण १ जित्न सफल भएको थियो । तर, त्यो वडा गुमाएपनि वडा नं. २, ४ र ५ हातमा लिन सफल भएको छ । वडा नं. १ मा अघिल्लो पटक निर्वाचित श्रीराम चौधरी चुनाबी मैदानमा थिए । उनले हारे । २ मा कांग्रेसले जितेको वडा हो । सोही वडामा कांग्रेसले पुनः दीपक गौतमलाई दोहोर्‍याउन खोजेको थियो । त्यो वडामा एमालेले कब्जा जमाउन सफल भयो ।  

त्यस्तै कांग्रेसले १, ३, ६ र ७ नम्बर वडा जित्न सफल भयो । ३ नम्बर वडा यस अघि पनि कांग्रेसले नै जितेको थियो  भने अन्य तीन वटा वडा मध्ये १ नम्बर एमालेले र ६ र ७ माओवादीले जितेको वडामा आफ्नो कब्जा जमाउन सफल भयो ।  

ad
ad