१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
कमल खत्री म्याग्दी
२o८१ बैशाख २० बिहीबार o९:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

रघुगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

Read Time : < 1 मिनेट
कमल खत्री, म्याग्दी
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:२८:oo

म्याग्दीको रघुगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसका भवबहादुर भण्डारीले चार हजार ३८ मत ल्याए भने उपाध्यक्षमा कांग्रेसकै प्रेमकुमारी पुनले तीन हजार तीन सय ६४ मत ल्याएर निर्वाचित भएको सहायक निर्वाचन अधिकृत अमृत सुवेदीले जानकारी दिए ।

भण्डारी दोस्रो कार्यकालका लागि गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षमा एमालेका प्रेमबहादुर कार्कीले तीन हजार दुई सय ८९, नेकपा माओवादी केन्द्रकी मीना विकले नौ सय ९५, उपाध्यक्षमा एमालेकी यामकुमारी गर्बुजाले तीन हजार दुई सय ४५ र माओवादी केन्द्रका रिमबहादुर कटुवालले एक हजार सात सय ८३ मत प्राप्त गरेका छन् ।
आठवटा वडा रहेको रघुगंगाको पाँचवटा वडामा कांग्रेस र तीनवटा वडामा एमालेका उम्मेदवार प्यानलसहित विजयी भएका छन् । 

ad
ad