१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार २o:११:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

हेटौँडा उपमहानगरमा राप्रपाका सिंहको अग्रता, गठबन्धन पछि पछि एमाले तेस्रो स्थानमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार २o:११:oo

हेटौँडा उपमहानगरको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपकबहादुर सिंहले अग्रता लिएका छन्। हेटौँडा १,२,१८,१९ को ९ हजार २९ मतगणना सकिँदा सिंहले गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी मीनाकुमारी लामालाई पछि पार्दै अग्रता लिएका हुन्। सिंहले लामालाई ४१ मतान्तरले पछि पार्दै अग्रस्थानमा छन्। सिंहले २ हजार ७ सय १० र लामाले २ हजार ६ सय ६९ मत ल्याएका छन्।

नेकपा एमालेका अनन्त पौडेल तेस्रो स्थानमा छन्। पौडेलले २ हजार २ सय ३४ मत ल्याएका छन्। पौडेल सिंहभन्दा २ सय ७६ र लामा भन्दा २ सय ३५ मतले पछाडि छन्। यसैगरी उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार राजेश बानियाँ ९ सय ६६ मतान्तरले अगाडि छन्। बानियाँले नेकपा एमालेकी सुमित्रा काफ्लेलाई ३ हजार ९ सय ८२ मत ल्याएर ९ सय ६६ मतान्तरले पछि पारेका हुन्। एमालेकी काफ्लेले ३ हजार १६ र राप्रपाकी इन्दिरा न्यौपानेले ८ सय ३ मत ल्याएकी छिन्। 
 

ad
ad