
मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारीले आफ्नो चरित्र हत्या गर्न एमालेका नेताहरूले पैसा बाँडेको आरोप लगाएका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले जनकपुरमा मतदातालाई पैसा बाँडेर एमालेका नेता रघुवीर महासेठ र जुली महतोले आफ्नो चरित्र हत्या गर्न खोजेको आरोप लगाएका हुन् ।
अन्सारीमाथि मतदातालाई प्रभावित पार्न जनकपुरमा पैसा बाँडेको आरोप लागेको थियो । उनले बिहान ११ बजेको समयमा केही हुल गुन्डाहरू आएर आफूमाथि हमला गर्ने प्रयास गरेको पनि बताए । अन्सारीले आफ्नो चरित्र हत्या गर्न खोज्नेहरूमाथि छानबिन गरी कारबाही गर्न माग गरेका छन् ।
आफू विगतमा रहेकै पार्टीका केही नेता तथा कार्यकर्ताले चरित्र हत्या गर्न खाजेको उनको आरोप छ । मुस्लिम आयोगको अध्यक्षमा सिफारिस भएपछि अन्सारीले एमालेको सदस्यता त्यागेका थिए ।
यो पनि पढ्नुहोस्