मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ बैशाख २९ बिहीबार
  • Friday, 14 August, 2026
२o७९ बैशाख २९ बिहीबार १४:o१:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

तालिमप्राप्त कुकुरबाट सिराहाका संवेदनशील मतदानस्थलको निरीक्षण (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख २९ बिहीबार १४:o१:oo

स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार हुने मतदानका लागि कायम गरिएका मतदानस्थलको सुरक्षा संवेदनशीलताको आधारमा आज सिराहाका विभिन्न मतदानस्थलहरूको निरीक्षण गरिएको छ। मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरबाट ल्याइएको तालिमप्राप्त कुकुरसहित सम्बन्धित इलाकामा पर्ने प्रहरी युनिट इन्चार्जलगायतको टोलीले संवेदनशील मानिएका मतदानस्थल निरीक्षण गरेकाे हाे।

मिर्चैया, गोलबजार, धनगढी, कसाहा र लहानका अति संवेदनशील मतदानस्थलको निरीक्षण गरिएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए। टोलीले लहान बजारको सहिद मुख्य चोकनजिकसमेत कुकुर परिचालन गरेको थियो।

प्रहरी नायब उपरीक्षक बुढाथोकीका अनुसार जिल्ला सुरक्षा समितिले अतिसंवेदनशील मानेका एक सय ७० मध्ये बिहीबार दिनभर हरेक स्थानीय तहमा एउटा पर्ने गरी नमुनाका रूपमा मतदानस्थल निरीक्षण गरिनेछ। जिल्ला सुरक्षा समितिले विगतमा निर्वाचन बिथोलिएका, झडप भएका र अन्य भूमिगत समूहका सुरक्षा थ्रेट रहेका मतदानस्थलहरूलाई अतिसंवेदनशील मतदानस्थलको रूपमा सूचीकृत गरी सुरक्षाकर्मी परिचालन गरेको उनले बताए।

स्थानीय तह निर्वाचनका लागि जिल्लामा दुई सय २१ मतदानस्थलअन्तर्गत चार सय ९८ मतदान केन्द्र तोकिएको छ। जसमा अतिसंवेदनशील एक सय ७०, संवेदनशील ४६ र पाँचवटा मतदानस्थल सामान्य सूचीमा रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।

सिराहाको आठ नगरपालिका र नौ गाउँपालिका गरी १७ स्थानीय तहमा दुई लाख १९ हजार पाँच सय ६४ पुरुष, एक लाख ९४  हजार छ सय महिला र दुई तेस्रोलिंगी गरी चार लाख १४ हजार एक सय ६६ मतदाता रहेका छन्।