१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
दीपक भट्ट रामेछाप
२०७९ बैशाख २९ बिहीबार ११:३४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसका उम्मेदवारमाथि खुकुरी प्रहार 

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
२०७९ बैशाख २९ बिहीबार ११:३४:००

रामेछापको उमाकुण्ड गाउँपालिका– ३ कुबुकास्थलीका कांग्रेस वडाध्यक्षका उम्मेदवार रमेशकुमार सुनुवारमाथि खुकुरी प्रहार भएको छ। गएराति सुनुवारलाई राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एमालेका कार्यकर्ताले खुकुरी प्रहार गरेका हुन् ।

घटनास्थलबाट खुकुरी प्रहार गरेको अभियोगमा  एमालेका कार्यकर्ता पवित्र सुनुवारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनापछि घाइते भएका उम्मेदवार सुनुवारको हाल स्थानीय बाम्ती अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

स्थानीय तहको निर्वाचनको मौन अवधिमा  कांग्रेस, एमाले र राप्रपाका नेता तथा कार्यकर्ता गाउँ घुम्ने क्रममा कुबुकास्थलीमा आपसी  झगडा हुँदा कांग्रेसका उम्मेदवार सुनुवारलाई एक्कासि खुकुरी प्रहार गर्दा उनको टाउकोमा गम्भीर चोट लागेको छ ।

घटनाको विषयमा स्थानीय तहका उम्मेदवारहरूलाई राखेर छलफल गरे तापनि छलफलमा निष्कर्ष निस्कन नसकेपछि उनीहरूलाई जिल्ला सदरमुकाम पठाउन लागिएको प्रहरी चौकी बाम्तीले जनाएको छ ।