
नेपाल–भारत सीमानजिकै रहेको झापाको मेचीनगर नगरपालिका– ७ सतीघट्टास्थित गैरीगाउँमा सशस्त्र प्रहरी र स्थानीयबीच झडप भएको छ।
झडपको क्रममा सशस्त्र प्रहरीले खुकुरी प्रहार गर्दा कम्तीमा ६ स्थानीय घाइते भएका छन्। नयाँ पत्रिकालाई प्राप्त भिडियोमा सशस्त्र प्रहरीले खुकुरी प्रहार गरेको देखिएको छ।
झडप किन भएको हो भन्ने खुलेको छैन। सशस्त्र प्रहरी बलको २ नम्बर हेडक्वार्टरअन्तर्गतकाे प्रस्तावित सतीघट्टा बिओपीबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा खटिएका सशस्त्र प्रहरी र स्थानीयबीच झडप भएको हो । सशस्त्र प्रहरी बलको २ नम्बर हेडक्वार्टरले भने सामान्य विवाद भएको बताएकाे छ।
एसपी कवीन्द्र राईको नेतृत्वमा टोली घटनास्थल जाने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ। घाइतेहरूको मनमोहन अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।