मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o असोज ६ शनिबार
  • Tuesday, 01 September, 2026
२o८o असोज ६ शनिबार १६:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तुलसीपुरमा तीनजनामाथि खुकुरी प्रहार, एक महिलाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज ६ शनिबार १६:१९:oo

दाङमा एक व्यक्तिले खुकुरी प्रहार गरी एक महिलाको हत्या गरेका छन्।

शनिबार दिउँसो साढे २ बजेतिर तुलसीपुर– ११ बेलटाकुराको भगवती टोलका करिब ३९ वर्षीय टेकबहादुर हमालले सोही ठाउँका तीनजनामाथि छुट्टाछुट्टै ठाउँमा खुकुरी प्रहार गरेका हुन्।

खुकुरी प्रहारबाट करिब ४३ वर्षीया रिता लामिछानेको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीका अनुसार टेकबहादुरले रितालाई उनकै घरअगाडि घाँटीमा प्रहार गरी हत्या गरेका हुन्।

टेकबहादुरले सोही ठाउँका अन्दाजी ४५ वर्षीय वीरबहादुर हमाल र ६५ वर्षीया कमलाकुमारी हमालमाथि पनि खुकुरी प्रहार गरेका छन्। खुकुरी प्रहारबाट वीरबहादुरको दाहिने हातमा चोट लागेको छ। उनकाे राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको र अवस्था मध्यम रहेको बताइएको छ।

कमलाकुमारीकाे अवस्था गम्भीर रहेकाले उनलाई नेपालगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ।

खुकुरी प्रहार गर्ने टेकबहादुरलाई प्रहरीले पक्राउ गरेको छ। घरभित्र लुकिछिपी बसेको अवस्थामा उनलाई खुकुरीसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनले डिप्रेसनको औषधि सेवन गरिरहेको बुझिएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएकाे छ।