मोदीको सुरक्षा व्यवस्थाका लागि भारतीय वायुसेनाको विमान गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा

बुधबार, २८ बैशाख, २०७९
डिजिटल संस्करण

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षा व्यवस्थाका लागि भारतीय सुरक्षाकर्मी एसपिजी (स्पेसल प्रोटेक्सन गार्ड) लिएर भारतीय वायुसेनाको विमान गौतम बुद्ध अन्तर्राष्ट्रिय  विमानस्थलमा अवतरण गरेको छ । 

बुद्धजयन्तीका दिन भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी भ्रमणमा आउने कार्यक्रम तय भएसँगै सुरक्षा व्यवस्था मिलाउन भारतीय सुरक्षाकर्मी एसपिजी (स्पेसल प्रोटेक्सन गार्ड) लिएर बुधबार बिहान विमान भैरहवामा अवतरण गरेको हो ।

‘सुरक्षाको हिसाबले व्यवस्थापनका लागि विमान आएको छ,’ जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीले भने ।  भारतीय वायुसेनाको इलुसियन विमान आइसी– ७६ ले कूटनीतिक उडान गरेको विमानस्थलले जनाएको छ ।

भारतीय प्रधानमन्त्री मोदी जेठ २ गते लुम्बिनी आउने कार्यक्रम छ । उनको भ्रमणपूर्व सुरक्षा व्यवस्था मिलाउन भारतीय सुरक्षाकर्मी लुम्बिनी आइपुगेको एसपी रवीन्द्र रेग्मीले बताए । विमान भने आजै फिर्ता जाने जनाइएको छ । 
 

सुझावित समाचार