१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख २८ बुधबार
  • Monday, 30 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ बैशाख २८ बुधबार o८:५२:oo
Read Time : > 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

मतदान गर्न गाउँ जानेको लर्को (फोटोफिचर)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ बैशाख २८ बुधबार o८:५२:oo

उपत्यकाबाट बाहिरिनेको संख्या १२ देखि १३ लाखसम्म पुग्ने अनुमान

स्थानीय तहको निर्वाचनमा सहभागी हुन काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या बढ्न थालेको छ ।  विभिन्न जिल्लाबाट उपत्यकामा बसोवास गर्दै आइरहेका मतदाता निर्वाचनमा भाग लिन जानेको संख्या बढिरहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा मात्र आठ हजार सात सय ८८ वटा सवारीसाधनबाट ५० हजार नौ सय बाहिरिएको ट्राफिक प्रहरी महाशाखाका एसपी सञ्जीवकुमार दासले बताए । ‘यो संख्या अझै बढ्नेछ, शुक्रबारदेखि उपत्यकाबाट सवारीसाधनमा चाप बढ्न थालेको हो,’ दासले भने ।

त्यस्तै, यातायात व्यवसायी महासंघले चुनावका कारण गत शुक्रबारदेखि नै सवारीसाधनको चाप अत्यधिक बढेको जनाएको छ । महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बिहीबारसम्म (चुनावको अघिल्लो दिन) उपत्यकाबाट बाहिरिनेको संख्या १२ देखि १३ लाखसम्म पुग्ने अनुमान रहेको बताए । ‘सबै गाडी प्याक छन्, विशेष गरी कतिपय मतदाताले स्वतःस्फुर्त रूपमा आफैँले टिकट काटेर गएका छन् भने अधिकांश रिजर्भमार्फत गएका छन्,’ उनी भन्छन्, ‘अहिले हामीसँग भएका कुनै पनि सवारीसाधन खाली छैनन्, गणना गर्न सकिँदैन, गाउँ–गाउँमा सवारीसाधनको प्रयोग भएकाले पनि सवारीसाधनको चाप थप बढेको हो ।’ 

आफ्नो गाउँको नेतृत्व चयन गर्न मतदाताहरू बिस्तारै गाउँकेन्द्रित भइरहेका छन् । सहरबाट गाउँ र विदेशबाट स्वदेश फर्किनेको लर्को नै लागेको छ । काठमाडौंबाट विभिन्न नाका हुँदै गाउँ जाने यात्रुहरूको संख्या ह्वात्तै बढेको छ।

हेर्नुहोस् नयाँ पत्रिकाका संजित परियारले  कोटेश्वर–जडीबुटी सडकखण्डबाट खिचेका केही दृश्य :