१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार o९:४९:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सातामा ५ प्रतिशतले घट्यो नेप्से सूूचक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o९:४९:oo

कारोबार रकम आधाले घट्यो 

गत साता तीन दिन मात्र खुलेको बजारमा नेप्से परिसूचक ५ प्रतिशतले घटेको छ । सातामा एक सय १७ दशमलव ५४ अंकले घटेर दुुई हजार दुुई सय ३८ दशमलव ६३ बिन्दुुमा बजार बन्द भएको छ । अघिल्लो साता एक दशमलव ३२ प्रतिशतले बढेर नेप्से सूूचक दुुई हजार तीन सय ५६ दशमलव १७ बिन्दुुमा बन्द भएको थियो ।

यो साता नेप्से परिसूूचकले दुुई हजार तीन सय ५९ दशमलव २७ अंकको उच्चतम बिन्दुु र दुुई हजार दुुई सय २६ दशमलव ६१ को न्यूनतम बिन्दुुसम्म पुुगेको थियो । यसले एक सय ३२ दशमलव ६६ अंकको अस्थिरता देखाएको छ । निरन्तर अस्थिरता बन्दा नेप्से सूूचक १६ महिनाअघिकै न्यूनतम बिन्दुुनजिक पुुगेको थियो । साताभरि बजार घट्दा विशेष गरी साना लगानीकर्ता बाहिरिन थालेको लगानीकर्ता बताउँछन् । 

पुुँजी बजारलाई नियामक निकायले बढी नै नियन्त्रण गर्दा खोज्दा ३२ सयको नेप्से सूूचक अहिलेको बिन्दुुमा आइपुुगेको लगानीकर्ता तथा नेपाल इन्भेस्टर्स फोरमकी उपाध्यक्ष दुुर्गा तिवारीको भनाइ छ । उनले राष्ट्र बैंकले लगाएको ४–१२ करोडको नीति हट्नुुपर्ने र नियामक निकायमा बस्ने व्यक्तिले पुुँजी बजारबारे नकारात्मक टिप्पणी  गर्नुुनहुने बताइन् ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केही दिनअघि बैंकको ब्याजदर बढ्न सक्ने र त्यसका लागि तयार रहनुपर्ने बताएका थिए । यस साता बजार घट्नुुलाई गभर्नरको अभिव्यक्तिसँग जोडेर हेरिएको छ ।

यस साता सेयरमा आएको गिरावटसँगै कारोबार रकम घट्न पुुगेको छ । अघिल्लो साता आठ अर्ब २० करोड रुपैयाँको कारोबार भए पनि यस साता घटेर चार अर्ब ३४ करोड रुपैयाँ मात्रको कारोबार भएको छ । यो ४७ प्रतिशत कमी हो । सातामा औसत कारोबार एक अर्ब ४४ करोड रुपैयाँ पुुगेको छ । 

यस साता जाल्पा सामुदायिक लघुुवित्त वित्तीय संस्थाले सर्वाधिक नाफा कमाएको छ । जाल्पा लघुुवित्तले अघिल्लो हप्ताको तुुलनामा ३३ प्रतिशतले नाफा कमाएको हो । त्यस्तै, एनआइसी एसिया स्लेट फन्डले तीन दशमलव ९४ प्रतिशतले नाफा आर्जन गरेको छ भने सामुुदायिक लघुुवित्त वित्तीय संस्थाले एक दशमलव १५ प्रतिशतले नाफा आर्जन गरेको छ ।

त्यस्तै, यस साता अरुण भ्याली हाइड्रोपावर कम्पनी र हिमालयन डिस्टिलरीको सर्वाधिक धेरै कारोबार भएको छ । यी दुुई कम्पनीको १२ करोडदेखि १३ करोड ४५ लाख रुपैयाँसम्मको कारोबार भएको हो । सातामा नेपाल फाइनान्स लिमिटेडले सर्वाधिक ४१ दशमलव ५७ ले नोक्सान व्यहोरेको छ । त्यसैगरी, युुनियन हाइड्रोपावर लिमिटेडले १९ दशमलव ६५ प्रतिशतले घाटा व्यहोरेको छ ।

ad
ad