१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १६:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

गठबन्धनलाई देशको आवश्यकता मान्नुहुन्छ भने हँसिया हथौडामा भोट हाल्नुहोस् : प्रचण्ड (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १६:४३:oo

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन देशको आवश्यकता भएको उल्लेख गर्दै गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आह्वान गरेका छन् ।

पाँचदलीय गठबन्धनले भरतपुरमा बिहीबार आयोजना गरेको आमसभामा प्रचण्डले भने, ‘रूखवालाले हँसिया हथौडामा भोट हाल्न अप्ठ्यारो पर्छ भोट हालिँदैन भन्नुभयो भने देश दुर्घटनामा जान सक्छ । गठबन्धनलाई देशको आवश्यकता मान्नुहुन्छ भने भोट हाल्नुहोस् । अब फैसलाको अधिकार नेतालाई मात्रै छैन, जनतालाई पनि छ । हामीले राष्ट्रिय आवश्यकताका आधारमा गठबन्धन गरेका हौँ । तपाईंहरूले बुझ्नुभयो भने यो गठबन्धन दशकौँ जान्छ ।’ 

लाल सलाम र जय नेपालको सुरुवात ०४६ को आन्दोलनपछि भएको उनले बताए । संयुक्त जनआन्दोलनदेखि शान्ति प्रक्रियासम्म वाम–लोकतान्त्रिक शक्तिले सहकार्य गरेर अगाडि बढेको उनले स्मरण गरे । उनले प्रश्न गरे, ‘विस्तुत शान्ति सम्झौता सही थिएन ? वामपन्थी र लोकतन्त्रवादीको सहकार्य उचित थिएन ? गिरिजाप्रसाद कोइरालाले सहमति, सहकार्य र एकताको कुरा गरेको ठीक थिएन ?’

धेरै सोचविचार गरेरै गठबन्धन बनाएको प्रचण्डले बताए । निकै मूल्य चुकाएर ज्ञान प्राप्त गरेको भन्दै प्रचण्डले शंका नगर्न आग्रह गरे । 

ad
ad