मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मनीष खड्का रुकुम पश्चिम
२०७९ बैशाख २२ बिहीबार १३:०८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रुकुम पश्चिममा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप  

Read Time : < 1 मिनेट
मनीष खड्का, रुकुम पश्चिम
२०७९ बैशाख २२ बिहीबार १३:०८:००

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ। बुधबार नेपाली कांग्रेसका कार्यकर्ताले नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय, माओवादीका स्थानीय नेताका घर र मोटरसाइकलमा तोडफोड गरेपछि विवाद उत्पन्न भएको थियो। 

विवादले उग्ररूप लिएपछि आज बिहान दुवै पक्षका युवाबीच हात हालाहाल भएको हो। माओवादीको वडा पार्टी कार्यालय र माओवादी नेता चूडामणि बस्नेत र डिलबहादुर विकको घरमा कांग्रेस कार्यकर्ताले तोडफोड गरेको, केराका रूख काटिदिएको, लत्ताकपडा फालिदिएको, पार्टीका ब्यानर तथा झण्डा फालेको माओवादी नेताहरूको आरोप छ।  

आफ्नोसहित अन्य एकजनाको मोटरसाइकलमा तोडफोड गरेको र केरा काटेर नोक्सान गरिदिएको माओवादीबाट वडा नम्बर ९ का अध्यक्षका उम्मेदवार जनककुमार विश्वकर्माले बताए। 

कांग्रेसले भने माओवादी कार्यकर्ताले नै पहिला आक्रमण गरेको दाबी गरेको छ। गाउँपालिका अध्यक्षका उम्मेदवार अमरसिंह खड्काले वाइसिएलको आक्रमणमा परी सातजना कार्यकर्ता घाइते भएको बताएका छन्। उनका अनुसार घाइते हुनेमा वीरबहादुर ओली, भुपालसिंह ओली, नवीन खड्का, चन्द्रबहादुर खड्का, श्रीकुमार घर्ती, वीरबहादुर ओली र दुर्गाबहादुर ओली रहेका छन्। 

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक विष्णुप्रसाद सोतीले माओवादी र कांग्रेस कार्यकर्ताबीचमा विवादपछि उत्पन्न अवस्थालाई शान्त पार्न जिल्लाबाट प्रहरी टोली खटाइएको जानकारी दिए। 

प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको उनले बताए। दुवै पक्षका बीचमा विवाद उत्पन्न भएपछि त्यसले उग्ररूप लिएको उनले बताए। 

उक्त विवाद बढ्दै गएपछि माओवादी नेता चूडामणि बस्नेत र नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षका उम्मेदवार अमरसिंह खड्काको घरमा तोडफोड भएको डिएसपी खड्काले बताए। यसबाहेक कोही व्यक्ति घाइते भएको अहिलेसम्म कुनै जानकारी नभएको उनले बताए।