रातो मत्स्येन्द्रनाथको रथयात्रा सुरु भएको छ । रथारोहण गरेको ४ दिनपछि रथ तान्न सुरु गरिएको हो । ललितपुरको पुल्चोकबाट रथारोहण गरी रातो मत्स्येन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावालाखेलमा पुर्याएर भोटो देखाइन्छ । यससँगै मत्स्येन्द्रनाथलाई सानो खटमा राखी बुंंमतीमा लगिएपछि जात्रा समापन हुन्छ ।