मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख २० मंगलबार १९:५८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपालको अर्थतन्त्रमा संरचनागत समस्या छ : पूर्वअर्थमन्त्री खतिवडा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख २० मंगलबार १९:५८:००

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको अर्थतन्त्रमा संरचनागत समस्या रहेको बताएका छन् । काठमाडाैंमा मंगलबार भएको नेपालको वर्तमान आर्थिक अवस्था विषयक अन्तर्क्रिया कार्यक्रममा पूर्वअर्थमन्त्री खतिवडाले नेपालको आर्थिक वृद्धिदरमा आयात बढी भएकाले लगातार रूपमा ६, ७ र ८ प्रतिशतले आर्थिक वृद्धिदर हुँदासमेत व्यापार घाटा हुने समस्या वर्षाैँसम्म भइरहने बताए ।

डा. खतिवडाले अब उद्योग क्षेत्रको विकास गरेर निर्यात हुने वस्तु निर्यात गर्ने गरी लगानी गर्नुपर्ने अनि मात्रै व्यापार घाटा कम गर्न सकिने बताए । उनले पछिल्लो समय धेरै लगानी जलविद्युतमा भएको बताए । उनले अब निर्यातमूलक उत्पादन उद्योगमा लगानी लगाउनुपर्ने आवश्यकता रहेको बताए ।

पछिल्लो समय मुलुकको अर्थतन्त्रमा समस्या देखापर्नु तीनवटा निकायबीच समन्वयको अभाव भएको आरोप खतिवडाको छ । उनले अर्थ, वाणिज्य मन्त्रालय एकापटि र राष्ट्र बैंक अर्को बाटोमा हिँडेकाले संकट आएको जिकिर गरे ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्टले पछिल्लो समय रुस र युक्रेनको युद्धको कारणले मुलुकको अर्थतन्त्रमा थप चुनौती देखिएको बताए । उनले युद्धको कारण पेट्रोलियम पदार्थको मूल्य निरन्तर रूपमा बढ्दै गएकाले थप चुनौती बढेको बताए ।