Skip This
केन्द्रको समन्वयमा गठबन्धनका सम्बन्धित महानगरकै संयन्त्र सक्रिय
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार o६:१८:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

केन्द्रको समन्वयमा गठबन्धनका सम्बन्धित महानगरकै संयन्त्र सक्रिय

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o६:१८:oo

सत्तागठबन्धनले स्थानीय संयन्त्रमार्फत नै चुनाव परिचालनको काम गरिरहेको छ । आवश्यकताअनुसार महानगर र उपमहानगरमा केन्द्रीय नेताहरूको पनि आवतजावत छ ।गठबन्धनले केन्द्र, प्रदेश, जिल्ला र पालिकास्तरमै देशैभर बनाएका संयन्त्रले पार्टी नेताहरूसँगको समन्वयमा चुनावी तालमेल भएका ठाउँमा काम गरिरहेका छन् । गठबन्धनका शीर्ष नेताहरूले महानगर र उपमहानगरमा केन्द्रीय नेताहरूको परिचालनबारे ठोस निर्णय केही लिएका छैनन् । 

कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले केन्द्रबाट कोही नेताले तोकेर नपठाइएको, गृहजिल्लामा नेताहरू आफैँ सक्रिय भएको बताए । ‘पार्टीले केन्द्रबाट नेताहरूलाई जिम्मेवारी नै तोकेर पठाइएको अवस्था छैन । सम्बन्धित तहमा रहेका केन्द्रीय नेताहरू नै यसमा लागिरहनुभएको छ । जस्तो– विराटनगर महानगरमा नेता डा. शेखर कोइरालालगायतका नेता निर्वाचनमा लागिरहनुभएको छ,’ उनले भने, ‘काठमाडौं र ललितपुरमा केन्द्रमा रहेका नेता सक्रिय हुनुहुन्छ । कांग्रेसले प्रमुख पाएको महानगरमा कांग्रेसको नेतृत्वमा गठबन्धनका अरू दललाई परिचालन गरिरहेको छ ।’

बद्री पाण्डे, कांग्रेस सहमहामन्त्री
पार्टीले केन्द्रबाट नेताहरूलाई जिम्मेवारी नै तोकेर पठाइएको छैन । सम्बन्धित तहमा रहेका केन्द्रीय नेताहरू नै यसमा लागिरहनुभएको छ । जस्तो– विराटनगर महानगरमा नेता डा. शेखर कोइरालालगायतका नेता निर्वाचनमा लागिरहनुभएको छ । काठमाडौं र ललितपुरमा केन्द्रमा रहेका नेता सक्रिय हुनुहुन्छ । कांग्रेसले प्रमुख पाएको महानगरमा कांग्रेसको नेतृत्वमा गठबन्धनका अरू दललाई परिचालन गरिरहेको छ ।

माओवादी नेता देव गुरुङले स्थानीय संयन्त्रले काम गरिरहेको र माओवादीले भिन्दै नेताहरूलाई जिम्मेवारी नतोकेको बताए । ‘गठबन्धनको सहमतिअनुसार तालमेल भएका पालिकाहरूमा सम्बन्धित पार्टी र गठबन्धन दलका प्रदेश, केन्द्र र पालिका संयन्त्रले जिम्मेवारी बहन गरिरहेका छन् । तीनै संयन्त्रले आवश्यकताअनुसार केन्द्रको सहयोग लिएर चुनावी अभियानलाई अगाडि बढाइरहेका छन्,’ गुरुङले भने । उनले माओवादी केन्द्रले केन्द्रबाट कुनै नेतालाई विशेष जिम्मेवारी नतोकेको जानकारी दिए ।

एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले स्थानीय निर्वाचनमा स्थानीय संयन्त्रले नै बढी काम गरिरहेको बताए । ‘स्थानीय निर्वाचन भएकाले यसको तयारीमा पनि स्थानीय तहको नै भूमिका बढी छ । स्थानीय तहमा रहेका पार्टीका संयन्त्रले आवश्यक ठानेमा केन्द्रीय नेता र अरू पार्टीका नेतालाई आमन्त्रण गर्नेछन्,’ उनले भने, ‘यसमा आवश्यकताअनुसार स्थानीयस्तरमा रहेका गठबन्धनका संयन्त्र र सम्बन्धित पार्टीका स्थानीय कमिटी सक्रिय छन् ।’ महासचिव भुसालले एकीकृत समाजवादीले पोखरा महानगरपालिकामा पनि यसरी नै निर्वाचन तयारी गरिरहेको र केन्द्रबाट कुनै एक नेतालाई परिचालन नगरेको बताए । 

जसपा नेता मोहम्मद इस्तियाक राईले गठबन्धनका संयन्त्रले काम गरेको र आफ्नो पार्टीले नेताहरूलाई खटाएको बताए । ‘पार्टीको तर्फबाट प्रत्येक पालिकामा केन्द्रीय नेतालाई जिम्मेवारी तोकिसकिएको छ । गठबन्धनको केन्द्रदेखि प्रदेश, जिल्ला र पालिका तहमा रहेका संयन्त्र छन् । त्यसैमार्फत काम भइरहेको छ,’ उनले भने, ‘सबै नेतालाई निर्वाचनमा पार्टी र गठबन्धन जिताउने जिम्मेवारी स्वतः रहने नै भयो । हामीले गठबन्धन गरेर जाँदा प्रमुखको उम्मेदवारी पाएकोे वीरगन्ज महानगरपालिकासहितका पालिकामा पार्टी र गठबन्धनको तर्फबाट समन्वय गरेर चुनावी अभियान अगाडि बढाइरहेका छौँ।’

सत्तागठबन्धनले कांग्रेसलाई काठमाडौं, ललितपुर र विराटनगरको मेयर र भरतपुर, पोखरा र वीरगन्ज महानगरपालिकामा उपमेयर, माओवादीलाई भरतपुरमा मेयर र ललितपुरमा उपमेयर, एकीकृत समाजवादीलाई पोखरामा मेयर र काठमाडौंमा उपमेयर तथा जसपालाई वीरगन्जमा मेयर र विराटनगरमा उपमेयर रहने गरी सिट बाड“फा“ड भएको छ । 

त्यस्तै, उपमहानगरतर्फ कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, नेपालगन्ज, धनगढी र तुलसीपुर उपमहानगरपालिकाको मेयर र जितपुर–सिमरा, घोराही, हेटौँडा र जनकपुर उपमहानगरपालिकाको उपमेयर पाएको छ । माओवादीले जितपुर–सिमरा र घोराहीमा मेयर तथा धरान र धनगढीमा उपमेयर पाएको छ । एकीकृत समाजवादीले हेटौँडामा मेयर र इटहरी, बुटवल र तुल्सीपुरमा उपमेयर लिएको छ । जसपाले जनकपुरमा मेयर तथा कैलया र नेपालगन्जमा उपमेयर पाएको छ । 

जनमोर्चाका उपमहासचिव हिमाल पुरीले महानगर–उपमहानगरमा प्रमुख पाएको दलले आफ्नो अग्रसरतामा चुनावी अभियान र परिचालनको काम गरिरहेको बताए । ‘प्रमुख पाएको पार्टीले प्राथमिकता दिएर आवश्यकताअनुसार आ–आफ्ना दल र त्यसबाहेकका दलका शीर्षस्थ नेतालाई बोलाएर चुनावी माहोल बनाउने भनेका छौँ’ । जस्तो, भरतपुर महानगरमा माओवादीले प्रमुखमा उम्मेदवारी दिएको छ । त्यहाँ माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लागि पर्नुभएको छ’, उनले भने, ‘उहाँले कांग्रेसका मतदातालाई पनि विश्वस्त बनाउन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापालगायतलाई बोलाएर भरतपुरमा गठबन्धनलाई विजयी बनाउन लागिरहनुभएको छ ।’ 

 

ad
ad