१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख १८ आइतबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ बैशाख १८ आइतबार १३:५५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

श्रमिक महिलाका लागि विशेष राहत योजना ल्याउँछु : सिर्जना सिंह 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ बैशाख १८ आइतबार १३:५५:oo

सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाकी मेयर पदकी  उम्मेदवार सिर्जना सिंहले महानगरभित्रका श्रमिक महिलाका लागि विशेष राहत योजना ल्याउने बताएकी छिन् । आइतबार बानेश्वरमा आयोजित उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै मेयरकी उम्मेदवार सिंहले श्रमिक महिलालाई राज्यले बेवास्ता गरेको बताइन् । आफू महानगरको मेयरमा विजयी भएको खण्डमा गरिबीको रेखामुनि रहेका श्रमिक महिलाका लागि विशेष राहत योजना ल्याउने उनको भनाइ छ । 

‘अफिसमा काम गर्नेलाई मात्र काम भनेर राज्यले तोकेको छ । घरमा काम गर्ने महिला दिदीबहिनीको श्रमको मूल्यांकन भएको छैन,’ उम्मेदवार सिंहले भनिन्, ‘त्यसकारण म मेयर भएपछि जुन दिदीबहिनीहरू घरमा बाध्य भएर काम गरिराख्नुपरेको छ,  उहाँहरू बेरोजगार हुनुहुन्छ, जसको आय न्यून छ, जो महिला दिदीबहिनीहरू गरिबीको रेखामुनि हुनुहुन्छ, उहाँहरूका लागि मैले विशेष राहत योजना ल्याउनेछु ।’

सिंहले श्रमिक महिलाका बालबच्चाका लागि महानगरभित्रका ९१ वटा सामुदायिक विद्यालयमा शिशु स्याहार केन्द्र बनाउने प्रतिबद्धता पनि व्यक्त गरिन् । सिंहले प्रत्येक सार्वजनिक स्थलमा निःशुल्क खानेपानी र शौचालयको व्यवस्था गर्ने पनि उल्लेख गरिन् । उनले प्रत्येक वडाको गल्ली–गल्लीमा बिजुली बत्ती बालेर र सिसिक्यामेरा जडान गरी महिलाका लागि सुरक्षित अनुभूति गराउने पनि बताइन् ।