Skip This
कांग्रेस कार्यसम्पादन समिति बैठक ३ बजेलाई सर्‍यो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २८ शुक्रबार १२:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस कार्यसम्पादन समिति बैठक ३ बजेलाई सर्‍यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार १२:४५:oo

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पुनः सरेको छ। महानगरका मेयरका उम्मेदवारबारे निर्णय लिन बिहान ११ बजे बोलाइएको कार्यसम्पादन समिति बैठक दिउँसो ३ बजेका लागि सरेको हो। यसअघि शुक्रबार पनि बैठक स्थगित गरिएको थियो।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवनमा बस्नेछ। बैठकमा स्थानीय तह निर्वाचनमा उम्मेदवारीबारेको एजेन्डा राखिएको पौडेलले जानकारी दिए। कांग्रेसको विधानको व्यवस्थाअनुसार महानगरपालिकाका मेयर र उपमेयरको अन्तिम टुंगो लगाउने जिम्मा केन्द्रलाई छ ।

ad
ad