१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार o६:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

साइमेक्सले दक्षिण एसियामै ठूलो एकल  विद्युतीय गाडीहरूको फ्लिट सञ्चालन गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o६:३३:oo

नेपालका लागि विवाइडी अटो इन्डस्ट्री कम्पनीको आधिकारिक वितरक साइमेक्स इन्क प्रालिले स्पार्क ग्रुपको कम्पनी सेल्फ ड्राइभ नेपालसँग ५० वटा इमिसन फ्री, रेन्टल फ्लिट विवाइडी इसिक्स इलेक्ट्रिक एसयुभी सञ्चालनका लागि सम्झौता गरेको छ । 

यो दक्षिण एसियामा नै सबैभन्दा ठूलो एकल विद्युतीय गाडीहरूको फ्लिट रहेको कम्पनीको दाबी छ । नेपालमा आरामदायिक इलेक्ट्रिक गाडीहरूको फ्लिट सञ्चालन हुनु विवाइडी र स्पार्क ग्रुप दुवैका लागि कोसेढुंगा साबित हुने कम्पनीले विश्वास व्यक्त गरेको छ । 

सेल्फ ड्राइभले काठमाडौंमा रहेका आफ्ना कर्पोरेट र निजी ग्राहकका लागि कम मूल्यमा, इमिसन फ्री र ड्राइभरसहितको कार सेवा प्रदान गरिरहेको जनाइएको छ । पाँचवटा इलेक्ट्रिक, इमिसन फ्री विवाइडी इसिक्स मोडलहरूबाट पहिलोपल्ट फ्लिट सुरु गरेको यसले आगामी दिनमा नयाँ गाडीहरू थप्ने योजना रहेको जनाएको छ । इलेक्ट्रिक प्रविधिमा आधारित विवाइडी इसिक्स गाडीहरूमा भरपर्दो र प्रमाणित ब्याट्री रहेको कम्पनीको दाबी छ । यी गाडीमा विश्वभरि १० करोड ट्याक्सी र एक करोड ४० लाख माइल प्यासेन्जर बसहरूमा प्रयोग भएर प्रमाणित भइसकेको युएल सर्टिफाइड आइरन–फोस्फेट ब्याट्री प्रयोग भएको कम्पनीले जनाएको छ ।  

साइमेक्स इन्कका सिइओ साहिल श्रेष्ठले विवाइडीका इमिसन फ्री इलेक्ट्रिक गाडीहरू नेपालमा प्रवद्र्धन गर्नका लागि विभिन्न अप्सनहरू हेरिरहेको बताए । आफूहरूले सेल्फ ड्राइभका रूपमा विश्वस्त उचित पार्टनर पाएको उनको भनाइ छ । सेल्फ ड्राइभका सिइओ रोशन पोखरेलले विवाइडीको इसिक्स मोडलले प्यासेन्जरलाई आरामदायी यात्रा गराउने, राम्रो रेन्ज र र्‍यापिड चार्जिङ गर्ने सबै आवश्यकता पूरा गर्ने विश्वास व्यक्त गरे । 

ad
ad