१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख ८ बिहीबार ०८:३५:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सूर्य नेपाल गल्फ टुर सन्जय र भुवन शीर्षमा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख ८ बिहीबार ०८:३५:००

सन्जय लामा र भुवनकुमार रोक्का सूर्य नेपाल च्यालेन्ज गल्फ प्रतियोगिताको दोस्रो दिन बुधबार संयुक्त रूपमा शीर्ष स्थानमा रहेका छन् । सूर्य नेपाल गल्फ टुर २०२१/२२ अन्तर्गत छैटौँ इभेन्टको दोस्रो चरणमा सन्जय र भुवनले आठ अन्डर एक सय २८ को स्कोर गरेका छन् । सन्जयले समग्रमा ६ अन्डर ६२ तथा भुवनले चार अन्डर ६८ को स्कोर गरे ।

सूर्यप्रसाद शर्मा एक स्ट्रोकले पछि छन् । उनले समग्रमा सात अन्डर एक सय २९ स्कोर गरेका छन् । यसैगरी दीपक मगर पनि एक स्ट्रोकले पछि छन् । उनले बुधबार दुई अन्डर ६६ को कार्ड लेखाए । शीर्ष खेलाडी भुवन नगरकोटीले प्रतियोगिताको पहिलो दिन शीर्ष स्थानमा रहेका रवि खड्काविरुद्ध अग्रता लिए । नगरकोटीले पाँच अन्डर एक सय ३१ को स्कोर गरे । भुवनले समग्रमा दुई अन्डर ६६ कार्ड लेखाए । 

दोस्रो दिन भने रविले खराब प्रदर्शन गरे । उनले एक ओभर ६९ स्कोर गरे । दिनेश प्रजापति, निरज तामाङ तथा एमेच्योर खेलाडी सुभाष तामाङले तीन अन्डर एक सय ३३ को स्कोर गरेका छन् । दिनेशले चार अन्डर ६४ को कार्ड लेखाए । यस्तै निरज र सुभाषले एक अन्डर ६७ को कार्ड लेखाएका छन् । जयराम श्रेष्ठ र धनबहादुर थापाले एक अन्डर एक सय ३५ स्कोर गरेका छन् ।

दिनको सुरुवातमा सन्जयले पहिलो तथा चौथो होलमा फ्री बोडी प्राप्त गरे । उनले फ्रन्ट नाइनमा दुई अन्डर ३२ स्कोर गरेका थिए । यसैगरी, ब्याक नाइनमा उनी चार अन्डर ३० स्कोर गर्न सफल भए । दोस्रो हाफमा उनले १२, १३, १६ र १८औँ होलमा बर्डिज निकाले । अर्कोतर्फ भुवनले दिनमा बर्डिजका साथ उत्कृष्ट सुरुवात गरे । चौथो र पाँचौँ होलमा बर्डिज प्राप्त गरेका भुवनले छैटौँ र सातौँमा पनि बर्डिज निकाले । 

उनले फ्रन्ट नाइनमा तीन अन्डर ३३ को स्कोर गरे । ब्याक नाइनमा उनले तीन बर्डिजका साथ एक अन्डर ३३ को कार्ड लेखाए । सूर्यप्रसादले फ्रन्ट नाइन र ब्याक नाइनमा दुई अन्डर २३ को स्कोर गरेका थिए । सूर्यप्रसाद पहिलो, दोस्रो, चौथो, आठौँ र नवौँ होलमा तेहोरो बर्डिज निकाल्न सफल भए । 

उनले ब्याक नाइनमा १०औंँ र १५औँ होलमा पनि बर्डिज निकालेका थिए । दीपकले फ्रन्ट र ब्याक नाइनमा समान दुई अन्डर ३२ को स्कोर गरेका थिए । भुवन नगरकोटीले भने लगातार आठपटक पारको सामना गरे । उनले फ्रन्ट नाइनमा एक अन्डर ३५ तथा ब्याक नाइनमा तीन अन्डर ३१ को स्कोर गरेका थिए । प्रतियोगितामा २२ व्यावसायिक खेलाडीले कट अफमा नौ ओभर एक सय ४५ स्कोर गरेका छन् । 

शीर्ष ६ एमेच्योर खेलाडीले बिहीबार ३६ होलमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा ३८ व्यावसायिक तथा २२ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । शीर्ष खेलाडीले एक लाख, उपविजेताले ६५ हजार तथा तेस्रो स्थानमा रहने खेलाडीले ४६ हजार रुपैयाँ पाउनेछन् ।