१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ७ बुधबार
  • Wednesday, 02 July, 2025
२o७९ बैशाख ७ बुधबार १७:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले दोलखाले टुंग्यायो उम्मेदवार, भीमेश्वरबाहेक सबै स्थानीय तहमा नयाँ अनुहार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख ७ बुधबार १७:३१:oo

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमाले दोलखाले सबै स्थानीय तहमा उम्मेदवारहरू टुंगो लगाएको छ।  एमालेले आसन्न स्थानीय तहको निर्वाचनका लागि दुई नगरपालिकासहित  सातवटै पालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारहरूको टुंगो लगाएको हो। एमाले दोलखाको  केही दिनदेखि जारी बैठकले  बुधबार जिल्लाको ९ वटै स्थानीय तहमा उम्मेदवार टुंगो लगाएको हो।  

एमाले दोलखाले २०७४ को स्थानीय तह निर्वाचनमा निर्वाचित भएका जनप्रतिनिधिमध्ये भीमेश्वर नगरपालिकाबाहेक ८ वटा स्थानीय तहमा नयाँ अनुहारलाई अघि सारेको छ। 

एमाले दोलखाका सचिव हिरा थोकरका अनुसार भीमेश्वर नगरपालिका प्रमुखमा भरत केसी र  कमला बस्नेत दोहोरिएका छन्। अन्य सबै स्थानीय तहका प्रमुखहरूमा भने अधिकांश नयाँ अनुहार छन्। 

सचिव थोकरका अनुसार जिरी नगरपालिका प्रमुखमा मित्र जिरेल र उपप्रमुखमा कृष्णमाया बुढाथोकीलाई उम्मेदवार बनाउने निर्णय भएको छ। शैलुङ गाउँपालिका अध्यक्षमा धनबहादुर तामाङ र उपाध्यक्षमा पार्वती कार्की थापा, मेलुङ गाउँपालिका अध्यक्षमा हिराकुमार थोकर, उपाध्यक्षमा गायत्री आचार्य, कालिन्चोक गाउँपालिका अध्यक्षमा गणेश सिवाकोटी र उपाध्यक्षमा कविता थामी, बिगु गाउँपालिका अध्यक्षमा अच्युतम केसी, उपाध्यक्षमा देविका थामीलाई उम्मेदवार बनाउने निर्णय भएको एमाले दोलखाले जनाएको छ। 

त्यसैगरी गौरीशंकर गाउँपालिकामा अध्यक्ष जंग गुरुङ र उपाध्यक्षमा मुना सिवाकोटी, बैतेश्वर गाउँपालिका अध्यक्षमा माधवप्रसाद घिमिरे, उपाध्यक्षमा नविना लामा र तामाकोसी गाउँपालिका अध्यक्षमा अभिषेक सुवेदी उपाध्यक्षमा अम्बिका पोखरेललाई उम्मेदवार बनाउने निर्णय भएको एमालेले जनाएको छ।  

उम्मेदवार घोषणाको अन्तिम तयारीमा गठबन्धन 
सत्तागठबन्धनले पनि उम्मेदवार छनोटको काम अन्तिम चरणमा पुर्याएको जनाएको छ। धेरै आकांक्षी र सबै दल मिलाउनुपर्ने भएकाले केही समय ढिला भएको नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाले जानकारी दिए। 

उनले सहमति नजिक पुगेकाले जतिसक्दो चाँडै उम्मेदवार टुंग्याएर निर्वाचन प्रचारप्रसारमा लाग्ने जनाएका छन्।