Skip This
अध्यक्ष प्रचण्ड भन्छन्– महानगर र उपमहानगरको विषय आज बेलुकासम्म टुंगिन्छ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ५ सोमबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख ५ सोमबार १४:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अध्यक्ष प्रचण्ड भन्छन्– महानगर र उपमहानगरको विषय आज बेलुकासम्म टुंगिन्छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख ५ सोमबार १४:१५:oo

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बेलुकीसम्म महानगर र उपमहानगरपालिकाको विषयमा गठबन्धनका दलहरूबीच समझदारी हुने बताएका छन्। सोमबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले बेलुकीसम्म सबै महानगर र उपमहानगरको विषय लगभग टुंगिने जानकारी दिएका हुन्।

‘आज हामी बेलुकासम्म देशका ६ वटै महानगरपालिका र ११ वटै उपमहानगरपालिकामा गठबन्धनबीच समझदारी बनाउने प्रयासमा छौँ। झन्डैझन्डै महानगर टुंगिनेको नजिकनजिक पुगेपछि म यही पत्रकार सम्मेलन हुने भएपछि उठेर आएको छु,’ उनले भने, ‘मलाई विश्वास छ आज बेलुकासम्म महानगर र उपमहानगरपालिकामा गठबन्धनभित्र गरिने तालमेलबारे एउटा निष्कर्षमा पुग्छौँ।’

नगरपालिका र गाउँपालिकाको रिपोर्ट आएपछि भोलिसम्म निष्कर्षमा पुगिने पनि अध्यक्ष प्रचण्डले स्पष्ट पारेका छन्।