१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७९ बैशाख ३ शनिबार ११:५०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

झारफुक गर्ने क्रममा धामीको कुटाइबाट महिलाको मृत्यु 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७९ बैशाख ३ शनिबार ११:५०:००

कञ्चनपुरमा धामीको कुटाइबाट एक महिलाको मृत्यु भएको छ । बेदकोट नगरपालिका ७ मुसेपानीकी ४३ वर्षीया रन्जुला साउद बिरामी भएपछि घरमा धामीझाँक्री बोलाइएको थियो । साउदलाई बोक्सी लागेको भन्दै स्थानीय धामी धर्मानन्द भट्ट र नारायणदत्त भट्टले  कुटपिट गर्न थाले ।

कुटपिटका कारण साउदको मृत्यु भएपछि कन्चनपुर प्रहरीले भट्टद्वयलाइ नियन्त्रणमा लिएको छ । प्रहरी प्रमुख श्यामसिंह चौधरीले घटनास्थलमा टोली खटिएको बताउँदै थप अनुसन्धान भइरहेको बताए ।

धामीकै कारण साउदको मृत्यु भएको भन्दै स्थानीयले घर घेराउ गरेका छन् । साउद एकल महिला हुन् । आर्थिक अभावका कारण उनी अस्पताल जान नसकेको र धामीझाँक्रीको भरमा परेको स्थानीयको भनाइ छ ।