१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o६:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

सी डिभिजन लिग सर्‍यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:५९:oo

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजना हुन लागेको सहिद स्मारक सी डिभजन लिग १० दिनपछि सरेको छ । एन्फाले निर्धारित तालिकाअनुसार मंगलबारदेखि सी डिभिजन लिग सुरु गर्ने भनिएको थियो ।

एन्फाका महासचिव इन्द्रमान तुलाधरले सी डिभिजन लिग प्रावधिक कारण २८ चैतबाट सुरु गर्न नसकिएको बताएका छन् । महासचिव तुलाधरले विज्ञप्तिमातर्फ सी डिभिजन लिग ९ वैशाख ०७९ बाट हुने जानकारी दिएका छन् । १४ क्लबको सहभागिता रहने लिगबाट शीर्ष दुई टोली बी डिभिजनमा बढुवा हुनेछन् । 

एन्फाले यसै वर्ष ए तथा बी डिभिजन लिग गरिसकेको छ । ए डिभिजनमा मच्छिन्द्र फुटबल तथा बी डिभिजनमा चर्च ब्वाइज च्याम्पियन बनेका थिए । ए डिभिजनबाट च्यासल युथ र ब्रिगेड ब्वाइज युथ क्लब बी डिभिजनमा घटुवा भएका छन् ।

बी डिभिजनबाट चर्च ब्वाइज तथा खुमलटार क्लब ए डिभिजनमा बढुवा भएका छन् । खुमलटार बी डिभिजन लिगको उपविजेता हो । सामाजिक युथ र झम्सिखेल युथ क्लब भने सी डिभिजनमा घटुवा भएका छन् ।

ad
ad