१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २५ शुक्रबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत २५ शुक्रबार १६:१६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बार निर्वाचनमा गठबन्धनको क्लिनस्विप, अध्यक्षमा घिमिरे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत २५ शुक्रबार १६:१६:oo

नेपाल बार एसोसिएसनका अध्यक्षमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन्। २६औँ केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचनमा घिमिरे नेतृत्वको बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहको प्यानलले क्लिनस्विप गरेको छ।

बार कार्यसमितिका लागि प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूह र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूह प्रतिस्पर्धामा थिए।  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारीले गरेका थिए।

अध्यक्षमा निर्वाचित घिमिरेले चार हजार चार सय ७४ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी अधिकारीले दुई हजार चार सय ८२ मत ल्याए। त्यसैगरी, महासचिवमा गठबन्धनका तर्फबाट अधिवक्ता अन्जिता खनाल विजयी भइन्। उनले तीन हजार ६ सय ८२ मत ल्याउँदा उनका प्रतिस्पर्धी केदारप्रसाद कोइरालाले दुई हजार नाै सय ८९ मत ल्याएकाे बार निर्वाचन समितिले जनाएको छ।

चैत १९ गते काठमाडौं केन्द्रसहित देशभर ३५ स्थानमा मतदान भएको थियो। सबै स्थानको मतपेटिका काठमाडौं ल्याइएसँगै मंगलबारबाट मतगणना सुरु भएको थियो। बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि निर्वाचन भएको हो। निर्वाचनमा सात हजार चार सय २९ मत खसेको थियो। मतगणनाको सुरुदेखि नै घिमिरे नेतृत्वको प्यानलले सुरुवातबाटै अग्रता लिएको थियो।