१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार १९:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

दीपेन्द्रको निर्देशनमा ‘के घर के डेरा’ बन्ने, दयाहाङ र विपिन शीर्ष भूमिकामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १९:५१:oo

चलचित्र ‘के घर के डेरा’ दीपेन्द्र के खनालको निर्देशनमा निर्माण हुने भएको छ । चलचित्रमा अभिनेता दयाहाङ राई, विपिन कार्की, वर्षा राउत र रवीन्द्र झाको मुख्य भूमिका हुनेछ । दुई वर्षअघि यही शीर्षकमा चलचित्र निर्माणको घोषणा गरिए पनि निर्देशक र कलाकार हेरेफेरपछि पुनःनिर्माण गर्न लागिएको निर्माण टिमले जनाएको छ । 

वैशाख तेस्रो सातादेखि सुरु हुने चलचित्र छायांकन काठमाडौं उपत्यकाभित्रै हुने बताइएको छ ।

निर्देशक खनालले ‘झोले’पछि दयाहाङ, ‘पशुपति प्रसाद’पछि विपिन र ‘चंगा चेट’पछि रवीन्द्रसँग सहकार्य गर्न लागेका हुन् । ‘फेरि उहाँहरूसँग काम गर्न पाउँदा निकै उत्साहित छु,’ निर्देशक खनालले भने, ‘घर भएका र घर नभएका दुवै वर्गका कथा चलचित्रमा समेटिनेछ ।’

सिंगे लामाको कथा, महेश दवाडीको पटकथा र संवाद, दीर्घ गुरुङको छायांकन रहेको चलचित्रलाई आगामी वर्ष नै प्रदर्शनमा ल्याउने तयारी रहेको बताइएको छ ।

ad
ad