मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत २२ मंगलबार ०७:४३:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

निफको पाँचौँ संस्करण सम्पन्न, ‘महानगर’उत्कृष्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत २२ मंगलबार ०७:४३:००

‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’(निफ)को पाँचौँ संस्करण सम्पन्न भएको छ । सोमबार महोत्सवमा सहभागी उत्कृष्ट चलचित्र तथा चलचित्रकर्मीलाई ट्रफी तथा नगद पुरस्कार प्रदान गरिएको हो । यस वर्ष निफले १४ विधामा अवार्ड प्रदान गरेको थियो । उत्कृष्ट नेसनल फिचर फिल्मको अवार्ड चलचित्र ‘महानगर’का लागि मोहन राईले नगदसहित अवार्ड हात पारेका हुन् । यस्तै उत्कृष्ट ‘स्क्रिनप्ले’ र उत्कृष्ट निर्देशकको अवार्ड पनि चलचित्र ‘महानगर’का लागि निर्देशक मोहन राईले नै पाएका छन् । 

उत्कृष्ट सिनेमाटोग्राफी अवार्ड फिचर चलचित्र ‘चिसो एस्ट्रे’का लागि उज्ज्वल बस्ताकोटीले हात पारेका छन् । उत्कृष्ट अभिनेताको अवार्ड चिसो एस्ट्रेका लागि दिव्य देवले पाएका छन्, अभिनेत्रीतर्फको अवार्ड चलचित्र ‘महानगर’का लागि मेनुका प्रधानले हात पारेकी छन् । उत्कृष्ट राष्ट्रिय वृत्तचित्रतर्फको अवार्ड विशाल रोका मगर निर्देशित ‘गोर्खा गल्स’ले जितेको छ भने, उत्कृष्ट अन्तर्राष्ट्रिय वृत्तचित्रतर्फ अवार्ड ज्याक हेक्सटल निर्देशित ‘आउट अफथिन एअर’ले पाएको छ । त्यस्तै उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्मतर्फको अवार्ड ‘नो ग्राउन्ड वेनेथ द फिट’ले पाएको छ । उत्कृष्ट अन्तर्राष्ट्रिय छोटो फिल्मतर्फको अवार्ड  सुजानामिर घानी निर्देशित ‘अल–सिट’ले हात पारेको छ ।

उत्कृष्ट अन्तर्राष्ट्रिय छोटो चलचित्रतर्फको अवार्ड साइमन फाइलो निर्देशित ‘हर्ट अफगोल्ड’ले हात पारेको छ । उत्कृष्ट राष्ट्रिय सर्ट फिल्मतर्फको अवार्ड बचन बेन्जनकार निर्देशित ‘अशेष अफअस’ले हात पारेको छ । संगीत श्रेष्ठले निर्देशन गरेको ‘आइस क्रिम’ले उत्कृष्ट उत्कृष्ट राष्ट्रिय छोटो फिल्मतर्फको अवार्ड हात परेको छ । राष्ट्रिय सभा र नेपाल पर्यटन बोर्डको हलमा पाँच दिनसम्म सञ्चालन भएको महोत्सवमा ५५ देशका ८९ वटा फिल्म प्रदर्शन भएका थिए । निफका अध्यक्ष केपी पाठकले कोरोना महामारीबीच पनि महोत्सव सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गरे ।