१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १३:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

श्रीलंकाको केन्द्रीय बैंकका गभर्नरको पनि राजीनामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १३:४४:oo

श्रीलंकाको केन्द्रीय बैंकका गभर्नरले पनि पदबाट राजीनामा दिएका छन्। गभर्नर अजिथ काब्रालले मुलुकको आर्थिक संकट आफूले सम्हाल्न नसक्ने अवस्थामा पुगेको भन्दै सोमबार राजीनामा दिएका हुन्।

उनले राष्ट्रपति गोटाबय राजापाक्षेसमक्ष राजीनामा दिएको जनाएका छन्। श्रीलंकामा यसअघि सबै मन्त्रीहरूले पनि राजीनामा दिएका थिए। देशमा आर्थिक संकटसँगै राजनीतिक संकट पनि गहिरिँदै गएपछि जिम्मेवार पदाधिकारीहरूले धमाधम राजीनामा दिन थालेका छन्।

जिम्मेवार पदाधिकारीहरूले नै राजीनामा दिन थालेपछि राष्ट्रपति गोटाबाय राजापाक्षे र प्रधानमन्त्री महेन्दा राजापाक्षे थप संकटमा परेका छन्। आर्थिक संकटका कारण मर्कामा परेपछि असन्तुष्ट नागरिकले सरकारविरुद्ध प्रदर्शन गर्न थालेपछि राजनीतिक संकट सुरु भएको हो।

आन्दोलनकारीले राष्ट्रपति राजापाक्षेको निवास घेर्न थालेपछि सरकारले शनिबार बेलुका ६ बजेदेखि ३६ घन्टे कर्फ्यु आदेश जारी गरेको छ। आर्थिक संकटसँगै राष्ट्रपति र उच्च सरकारी अधिकारीहरूविरुद्ध सर्वसाधारणले आक्रोश व्यक्त गर्दै आन्दोलित भएपछि सरकारले श्रीलंकामा देशव्यापी सुरक्षाका लागि भन्दै संकटकालको घोषणा गरेको छ।

चरम आर्थिक संकट भोगिरहेको श्रीलंकामा हिंसात्मक गतिविधिहरू बढ्न थालेकाले संकटकालको घोषणा गर्नुपरेको सरकारी अधिकारीहरूले जनाएका छन्। सार्वजनिक व्यवस्थाको संरक्षण र समुदायको जीवन रक्षाका लागि आवश्यक आपूर्ति र सेवाहरूको मर्मतका लागि भन्दै आपतकालीन अवस्थाको घोषणा गरिएको सरकारले जनाएको छ।

सरकारको विरोधमा प्रदर्शन गर्नेहरूलाई नियन्त्रणमा लिएर हिरासतमा राख्न पनि सरकारले आदेश जारी गरेको छ। आर्थिक मन्दीसँगै अत्यधिक मूल्यवृद्धि र विद्युत् आपूर्तिसमेत बन्द हुँदा सर्वसाधारण थप मारमा परेकाले उनीहरू आन्दोलित भएका हुन्।

सन् १९४८ मा बेलायतको उपनिवेशबाट स्वतन्त्र भएको श्रीलंका पछिल्लो समय चरम आर्थिक संकटका कारण अत्यावश्यक वस्तुको समेत आपूर्ति गर्न नसक्दा आमसर्वसाधारण मर्कामा परेका छन्। रासस/एएफपी

ad
ad