१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १३:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले शनिबार रेल्वे सेवाको भर्चुअली उद्घाटन गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १३:४१:oo

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले नेपाल रेलसेवाको शनिबार संयुक्त रूपमा उद्घाटन गर्दै छन्। प्रधानमन्त्री देउवा र समकक्षी मोदीले शनिबार दिउँसो साढे १२ बजे नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट रेलसेवाको अर्चुअली उद्घाटन गर्नेछन्।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले यसअघि नै सञ्चालनमा आएको सो रेलसेवा विस्तारसहित पुनः सञ्चालनमा ल्याउन लागिएको र त्यसको औपचारिक उद्घाटन प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीले गर्ने कार्यक्रम रहेको जानकारी दिए। त्यसका लागि जनकपुर रेल्वे स्टेसनमा मण्डल निर्माण गरिएको छ। जयनगरमा अतिविशिष्ट व्यक्तिहरू रहने र त्यहाँबाट दिल्लीमा हुने उद्घाटन प्रोजेक्टरबाट कार्यक्रम देखाइनेछ।

त्यसपछि दुवै देशका प्रधानमन्त्रीले उद्घाटन गरेपछि रेल कुर्थाका लागि प्रस्थान गर्नेछ। प्रत्येक स्टेसनमा स्कुलका बालबालिकाहरूले नेपाल–भारतको झन्डा लिएर रेलको स्वागत गर्नेछन्। उनीहरूलाई समेत त्यही रेलमा चढाएर कुर्था ल्याइनेछ। कुर्थामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री  रेणुकुमारी यादव रेल चढेर जनकपुरसम्म आउने र त्यहाँ उद्घाटनको अन्य कार्यक्रम गरिने कार्यतालिका रहेको छ।

रेल सञ्चालनका लागि सबै प्रकारको आवश्यक तयारी पूरा भइसकेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री  यादवले रेल्वे सञ्चालन भएपछि धनुषाका स्थानीयवासीहरूलाई यातायातको सहजता आउनुका साथै उनीहरूलाई आवतजावत गर्न निकै सुविधा हुने बताइन्। शनिबार नेपाल रेल्वेको उद्घाटन भएपछि त्यसको आइतबारदेखि दैनिक रूपमा दुईपटक आउने र जाने गरी रेल चल्नेछ।

ad
ad