१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार o६:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

नेपालको विश्व वरीयता खस्कियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o६:५६:oo

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले मंगलबार सार्वजनिक गरेको एकदिवसीय विश्व वरीयतामा नेपाल खस्किएको छ । त्रिविको घरेलु मैदानमा पपुवा न्युगिनीसँगको दुई एकदिवसीय खेलको सिरिजमा २–० ले पराजित भएपछि नेपाल नयाँ वरीयतामा खस्किदै १८ औँ स्थानमा पुगेको छ ।

यस महिनाको वरीयतामा नेपाल १६औँ स्थानमा थियो । नेपाल यसै साता पपुवा न्युगिनीसँग पहिलो एकदिवसीय खेलमा ६ रन र दोस्रो खेलमा ३ विकेटले पराजित भएको थियो । दुई साताअघि आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा नेपाल युएईसँग दुवै खेलमा पराजित भएको थियो । नेपाल युएईसँग ४८ रन र दोस्रो खेलमा ९९ रनले पराजित भएको थियो । पछिल्ला ६ मध्ये चार खेलमा पराजित भएपछि वरीयता पनि खस्किएको हो । 

एकदिवसीय मान्यताप्राप्त देशमा अब नेपालपछि अमेरिका १९औँ र पपुवा न्युगिनी २०औँ स्थानमा छन् । १६औँ स्थानमा ओमान र १७औँ स्थानमा नामिबिया छन् । स्कटल्यान्ड १२औँ स्थान र टेस्ट टोली जिम्बावे १३औँ स्थानमा रहेको आइसिसीले जनाएको छ । नेदरल्यान्ड्स १४औँ र युएई १५औँ स्थानमा छ ।

एकदिवसीय वरीयतामा न्युजिल्यान्ड शीर्षस्थानमा छ । इंग्ल्यान्ड दोस्रो, अस्ट्रेलिया तेस्रो, भारत चौथो र दक्षिण अफ्रिका पाँचाैँ स्थानमा छन् । पाकिस्तान छैटौँ र बंगलादेश सातौँ स्थानमा छन् । श्रीलंका आठौँ, वेस्टइन्डिज नवौँ र अफगानिस्तान १०औँ स्थानमा छन् । यसैबीच अन्तर्राष्ट्रिय टी–२० वरीयतामा नेपाल १३औँ स्थानमा यथावत् छ । 

ad
ad