१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १९:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

अन्तर्राष्ट्रिय टी–ट्वान्टी सिरिजमा नेपालको विजयी सुरुवात

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १९:o२:oo

त्रिदेशीय अन्तर्राष्ट्रिय टी–ट्वान्टी सिरिजमा घरेलु टोली नेपालले विजयी सुरुवात गरेको छ । सोमबार भएको खेलमा नेपालले पपुवा न्युगिनी (पिएनजी)लाई १५ रनले हराएको हो । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न खेलमा नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याएको पिएनजीले १९.२ ओभरमा सबै विकेट गुमाएर एक सय ६८ रन मात्र जोड्दा नेपालले १५ रनको जित निकालेको हो । जवाफी ब्याटिङ गरेको पिएनजीका लागि नोर्मान भानुआले सर्वाधिक ५२ रन बनाएका थिए । 

यस्तै, सेसे बाउले ३०, चाल्र्स एमिनीले २२, लेगा सिएकाले २१ र नोर्मान भानुआले १९ रन बनाए । पिएनजीविरुद्ध किफायती बलिङ गरेका सन्दीप र करण केसीले समान तीन विकेट लिए । 

सन्दीपले चार ओभर बलिङमा २२ रन खर्चिँदा करनले ४४ रन खर्चिएका थिए । अविनाश बोहराले दुई र सोमपाल कामीले एक विकेट लिएका थिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो । नेपालका ओपनर आसिफ शेखले सर्वाधिक ४३ रन बनाएका थिए । ३५ बलमा आसिफले ५ चौका र १ छक्का प्रहार गरेका थिए । 

यसअघिको दुई एक दिवसीय सिरिजमा नेपाल पिएनजीसँग २–० ले पराजित भएको थियो । 

नेपालले दोस्रो खेलमा बुधबार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । सिरिजमा नेपाल, पिएनजी र मलेसियाको सहभागिता रहेको छ । 

सिरिजअन्तर्गत नेपालले पिएनजी र मलेसियाविरुद्ध दुई–दुई खेल खेल्नेछ ।

ad
ad