१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत ११ शुक्रबार
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत ११ शुक्रबार १७:o३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौं आइपुगे चिनियाँ विदेशमन्त्री वाङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत ११ शुक्रबार १७:o३:oo

चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी तीन दिने नेपाल भ्रमणको क्रममा काठमाडौं आइपुगेका छन्। पाकिस्तान, अफगानिस्तान हुँदै बिहीबार साँझ भारतको नयाँदिल्ली पुगेका चिनियाँ विदेशमन्त्री वाङ त्यहीँबाट विशेष विमान बी ८४१५ बाट काठमाडौं आएका हुन्। 

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्यालसहित उच्च अधिकारीहरुले स्वागत गरेका छन्। उनको भ्रमण टोली २५ सदस्यीय छ। आज उनको कुनै पनि औपचारिक भेटघाटका कार्यक्रम राखिएका छैनन्। आज उनले चिनियाँ दूतावासका कर्मचारीहरुसँग मात्र भेट गर्नेछन्।

शनिबार बिहान साढे छ बजे उनी शिवपुरीमा हाइकिङ जाने छन्। शुक्रबार नै उनले समकक्षी डा. नारायण खड्कासँग भेटवार्ता गर्नेछन्। त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नेछन्। आइतबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेर स्वदेश फर्कने वाङको कार्यक्रमछ।