१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार o८:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

थाइल्यान्डसँग नेपाल पराजित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o८:१९:oo

नेपाली राष्ट्रिय फुटबल टोली थाइल्यान्डसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा २–० ले पराजित भएको छ । नेपालले थाइल्यान्डलाई बिहीबार भएको खेलको पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको थियो । दोस्रो हाफमा थाइल्यान्डलाई रोक्न नसक्दा नेपालले हारको सामना गरेको हो । नेपालका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले उत्कृष्ट बचाउ गरेका थिए । किरणकै उत्कृष्ट प्रदर्शनको सहयोगमा नेपाल कम गोलअन्तरले पराजित भएको हो । 

खेलको अन्तिम दश मिनेट नेपालको प्रदर्शन कमजोर हुन पुग्यो । यसको फाइदा उठाउँदै थाइल्यान्डले दुई गोल ग¥यो । खेलको ८२औँ मिनेटमा थाइल्यान्डले १–० को अग्रता लियो । थाइल्यान्डका फिलिप रोलरले नेपालको कमजोर डिफेन्सको फाइदा उठाउँदै गोल गरे । खेलको ८९औँ मिनेटमा थाइल्यान्डले दोहोरो अग्रता बनायो । घरेलु टोलीलाई चओवात विराचार्टले २–० को अग्रता दिलाए । 

प्रतिस्पर्धामा थाइल्यान्डले बल पोसेसन बलियो बनाएको थियो । तर, थाइल्यान्डका खेलाडीले गोल गर्न निकै मिहिनेत गर्नुपरेको थियो । नेपालले भने डिफेन्स रणनीति अपनाएको थियो । थाइल्यान्डलाई नेपालको रक्षापंक्ति तोड्न हम्मेहम्मे प¥यो । दोस्रो हाफमा थाइल्यान्डले खेल एकतर्फीजस्तै बनाएको थियो । खेलको ६७औँ मिनेटमा थाइल्यान्डको एक प्रहार क्रसबारमा लागेको थियो । 

प्रशान्त अवस्थीको डेब्यु
नेपालका प्रशिक्षक अब्दुलाह अलमुताइरीले थाइल्यान्डविरुद्ध प्रशान्त अवस्थीलाई सिनियर टोलीबाट डेब्यु गराए । अवस्थीले खेलको ७१औँ मिनेटमा दर्शन गुरुङको स्थानमा मैदान प्रवेश गर्दै डेब्यु गरेका हुन् । यसअघि उनी काठमाडौंमै भएको दक्षिण अफ्रिकी टोली मोरिससविरुद्धको मैत्रीपूर्ण खेलमा टोलीमा थिए । तर, अवस्थीले मौरिससविरुद्ध मैत्रीपूर्ण खेलमा खेल्न पाएनन् । उनी सातदोबाटो क्लबमा आबद्ध छन् । नेपालले अब आइतबार थाइल्यान्डको चोनबुरी फुटबल क्लबसँग खेल्नेछ । यो खेलले भने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको मान्यता पाउने छैन । 

ad
ad