१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १२:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बाग्लुङको गलकोटमा जिप दुर्घटना हुँदा तीनजना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १२:१o:oo

मध्यपहाडी लोकमार्गअन्तर्गत बाग्लुङको गलकोटमा पिकअप जिप दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । गलकोटबाट बाग्लुङ बजारतर्फ आउँदै गरेकोे ग.२च ४००७ नम्बरको प्राइभेट पिकअप जिप गलकोट नगरपालिका– २ मौरिया भन्ने स्थानमा दुर्घटना भएको हो ।

दुर्घटनामा गलकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्मा, प्रशासकीय अधिकृत तुलबहादुर विक र अर्का एकजना युवा घाइते भएको गलकोट नगरपालिका– २ का वडाध्यक्ष हिमबहादुर भण्डारी हेमन्तले जानकारी दिए ।

जिप लोकमार्गबाट ५० मिटर तल खसेको छ । शर्मा र विक नगरपालिकाको कामको सिलसिलामा जिल्ला प्रशासन कार्यालय बाग्लुङ आउँदै गरेका थिए । जिपका चालक चन्द्रबहादुर विक भने सकुशल रहेको भण्डारीले जानकारी दिए । घाइते तीनै जनालाई उद्धार गरी उपचारका लागि हटिया लगिएको छ  । 
 

ad
ad