१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १७ सोमबार १५:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २३ जुनदेखि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १५:५६:oo

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको पाँचौँ संस्करण २३ देखि २६ जुनसम्म हुने भएको छ । अमेरिकाको वासिंगटन डिसीमा हुने महोत्सवसका लागि विश्वभरिबाट चलचित्र आवेदन खुला गरिएको छ ।

अमेरिकाको मेरिल्यान्डमा रहेको ‘नेपाल–अमेरिका फिल्म सोसाइटी’ले २०१७ देखि प्रत्येक वर्ष महोत्सवको आयोजना गरिरहेको सोसाइटीका अध्यक्ष तथा महोत्सवका निर्देशक पूर्ण सिंह बराइलीले बताए। महोत्सवसमा नेपालका फिचर चलचित्र, वृत्तचित्र, छोटा चलचित्र, एनिमेसनका साथै सबै विधाका चलचित्रहरू प्रदर्शन हुने उनले बताए । नेपालबाहेक अमेरिका, दक्षिण एसियासहित विभिन्न देशका स्वतन्त्र सिनेमा महोत्सवको प्राथमिकतामा रहने छन्।

अन्तर्राष्ट्रिय चलचित्रकर्मीहरू सहभागी छनोट समितिले आवेदन परेकामध्येबाट उत्कृष्ट चलचित्र प्रदर्शनका लागि छनोट गर्नेछन्। ‘महोत्सवमा प्रदर्शन गरिएकामध्येबाट उत्कृष्ट चलचित्रहरूलाई अवार्डबाट पुरस्कृत गरिनेछ । महोत्सव अवधिमा चलचित्र, संस्कृति र नयाँ प्रविधिबारे प्यानल छलफल तथा कार्यशाला पनि हुने उनले बताए। चलचित्र प्रदर्शनपछि महोत्सवमा उपस्थित निर्देशक, निर्माता तथा कलाकारसँग अन्तर्क्रिया पनि हुनेछ।

ad
ad